‘हिन्दुराष्ट्र’ नहुँदा देशको परिचय गुम्योः दीनबन्धु पोखरेल
शनिबार, २३ माघ २०७२, १६ : ५४
दाङ , माघ २३ – वाचन पण्डित दिनबन्धु पोखलले धर्म निरपेक्ष राष्ट्र घोषणाले मुलुकको परिचय गुमेको वताएका छन् ।
रिपोटर्स क्लव नेपाल दाङ शाखाले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।
नेपालकै पख्र्यात कथा वाचक पोखरेलले २०६२÷०६३को जनआन्दोलनको मर्म धर्मका वारेमा नभएको तर त्यसको मर्म विपरित मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र गराउने गल्ति नेताहरुले गरेको आरोप लगाए ।
उनले नेताहरु कतिपय दलका नेताहरु विदेशको इशारामा चलेकोले उनीहरुकै अकर्मन्यताले आज समाजमा विखण्डन र विभेदीकरण बढेको बताए ।
बेद एउटा विश्व सभ्यताको जननी भएको चर्चा गरेका उनले नेपालबाट डोटीबाट योगको जम्न भएकोले भारतमा रामदेवले योग जन्माए भन्नु सरासर झुट भएको वताए । उनले बुद्ध जन्मस्थल,मानव सभ्यताको जन्मस्थल नेपालले एक पटक फेरि विश्वसभ्यताको शुरु नेपालवाटै गर्नु पर्ने वताए ।
कार्यक्रममा गायिका कोमल वलीले पछिल्लो समय धार्मिक सहिष्णुता भएको मुलुकमा क्रिष्चयनहरुले गर्दा चुनौति थपिएको चिन्ता व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण