ह्यान्डबलमा नेपालको विजयी शुरुवात
बिहीबार, २८ माघ २०७२, २० : ३२
गुवाहाटी– १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ह्यान्डबलमा नेपालले बिहीबार विजयी सुरुआत गरेको छ । पुरुष र महिला दुवै टिमले जितका साथ यात्रा प्रारम्भ गरे । पुरुषमा नेपालले अफ्गानिस्तानलाई २९–२६ ले पराजित ग¥यो ।
महिलामा नेपालले समूह ‘ए’ को लिग खेलमा श्रीलंकालाई ३६–२४ ले निराश पा¥यो । जितमा रन्जना राई र उमा राईले १०–१० गोल योगदान गरे । तीन राष्ट्र रहेको उक्त समूहमा भारत पनि छ ।
समूह ‘बी’ मा पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफ्गानिस्तान रहेका छन् । नेपालले शुक्रबार भारत विरुद्ध खेल्ने छ ।
कबड्डीमा हार
१२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला कबड्डीमा नेपाल बिहीबार पराजित भएको छ । नेपाल भारतसंग ५१–१७ ले पछि परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण