दलाल प्रहरी फन्दामा, दुई चेलीको उद्धार
झापा–धादिङ जिल्लाबाट घुमाउने बहाना बनाएर नेपाली चेलीलाई सीमा क्षेत्र गलगलिया हुँदै भारततर्फ लैजान खोज्ने दुईजना दलाललाई आज जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही घर भएकी २४ वर्षीया सबिना तामाङ र भारत पानीघट्टा घर भएकी ३५ वर्षीया मुन्नु तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले धादिङ–७ बस्ने २३ वर्षीया पार्वती शाही र धादिङ–१ की २५ वर्षीय आशिका परियारलाई भारतको सिलगुढी घुमाउने बहाना बनाएर लैजाँदै गर्दा साना हातहरु नेपाल नामक संस्था भद्रपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज नेपाल र भारतको सीमा क्षेत्र गलगलियाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
शाही र तामाङ दुबैलाई उद्धार गरिएको छ । उद्धार गरिएका दुबै चेलीलाई जिल्ला प्रहरी कार्यालय झापाको सिफारिसमा साना हातहरु नेपाल नामक संस्था भद्रपुरमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यही नाकाबाट १५ दिनमा पाँचजना भूकम्प प्रभावित क्षेत्रबाट विभिन्न प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको चेलीको उद्धार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण