टेम्पोको ब्रेक फेल हुँदा चार घाइते
आइतबार, ३० पुस २०७४, १२ : १८
ललितपुर । ललितपुरको कुपण्डोलमा आइतबार बिहान टेम्पोको ब्रेक फेल हुँदा चार जना घाइते भएका छन् ।
बा १ ह ४१४५ नम्बरको टेम्पोको ब्रेक फेल भएर बाटो छेउमा रहेको फलामको रेलिङमा ठोक्किन पुगेको थियो ।
घाइतेहरुलाई तत्कालै नर्भिक अस्पतालमा उपचारका लागि लगिएको थियो ।
ट्राफिक प्रहरीका अनुसार एक जनाको टाउकोमा चोट लागेको छ भने अन्यलाई सामान्य चोटपटक लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण