डेडिकेटेड फिडर नपाइने भएपछि निजी अस्पताल प्रभावित
चितवन - नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारका संवेदनशील निकायमा मात्र विद्युत्भार कटौती नहुने फिडरबाट विद्युत् प्रवाह गर्ने भएपछि निजी मेडिकल कलेज, अस्पताल र नर्सिङ होम प्रभावित हुने भएका छन् ।
प्राधिकरणले यही फागुन ११ गतेदेखि निजी क्षेत्रले प्रयोग गरेका विद्युत्भर कटौती नहुने फिडर हटाउनका लागि वितरण केन्द्रलाई पत्राचार गरिसकेको छ । चितवनको भरतपुरमा मात्र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बर्सेनि सब स्टेसनबाट जोडिएको ११ हजार भोल्टको केवलबाट सरकारी बाहेक यहाँका दुई चिकित्सा कलेज र १० निजी अस्पतालले विद्युत् प्रयोग गरेका छन् । प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख तारा शर्माका अनुसार माथिल्लो निर्देशन बमोजिम मङ्गलबारदेखि ती निकायलाई विद्युत्भार कटौती हुने फिडरबाट विद्युत् दिइने छ ।
यसबाट एक हजार दुई सय केभिए विद्युत् बचत हुने भरतपुर वितरण केन्द्रले जनाएको छ । यता निजी चिकित्सा कलेज र अस्पतालले भने विद्युत्भार कटौती नहुने फिडर नपाए सेवा प्रभावित हुने बताएका छन् ।
दुई चिकित्सा कलेजका ७५० श्यया र तिनका उपकरण नियमित सञ्चालन गर्न जेनेरेटर चलाउनका लागि मात्र प्रतिघन्टा १०० लि डिजल खर्च हुने जनाइएको छ । चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरीशचन्द्र न्यौपानेले दिनहुँ सरदर ५४ शल्यक्रिया र एक सय ७१ श्याको सघन उपचार कक्ष सञ्चालन गर्दै गर्दा विद्युत् आपूर्ति अवरोध हुँदा सेवा प्रभावित हुने बताए ।
विद्युुत्भार कटौती फिडरबाट आउने विद्युत् समय समयमा बन्द भइरहने र जेनेरेटर सञ्चालन गर्न केही समय लिने हुँदा जारी शल्यक्रिया प्रभावित हुने र बिरामीको ज्यान जाने जोखिम हुने उहाँले बताउनुभयो । उनले भने, “मुटु ब्लक भएका बिरामीलाई एन्जियोग्राफी गर्दा विद्युत् काटियो भने बचाउन सकिँदैन, भेन्टिलेटर र बालसघन उपचार कक्ष पनि प्रभावित हुने छन् ।”
कलेज अफ मेडिकल साइन्सेस भरतपुरका निर्देशक डा नटराज प्रसादले मानवीय समवेदनासँग जोडिएकाले अस्पताललाई विद्युत्भार कटौती हुने फिडरबाट विद्युत् दिँदा जनतालाई सेवा दिन कठिन हुने बताउँदै देशमा नै अत्याधुनिक प्रविधिबाट टाउको र मुटु जस्ता अङ्गको शल्यक्रिया यहाँ हुने हुँदा विद्युत्कै कारण सेवा प्रभावित हुने बताए।
“सहज तवरले इन्धन नपाइरहेको समयमा दोब्बर रकम तिर्दा समेत बिजुली नदिइँदा निजी क्षेत्र पूर्ण रुपमा प्रभावित हुन्छ, छोटो समयको सूचनामा यी सबै कुराको व्यवस्थापन गर्न अस्पताल सक्षम हुँदैन” उनले भने ।
यहाँका एक ठूला सहित १० निजी अस्पतालले समेत सेवालाई निरन्तरता दिन कठिन र महंँगो हुने जनाएका छन् । नारायणी सामुदायिक अस्पतालले प्रतिघन्टा ५० लि र अन्य अस्पतालले १० लि हाराहारीमा इन्धन खर्च हुने बताएका छन् ।
चितवनमा विद्युत्भार कटौती नहुने फिडरबाट भरतपुर अस्पताल, क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, खानेपानी, दूरसञ्चार र नागरिक उड्डयन प्राधिकरणले पनि विद्युत् उपभोग गरिरहेका छन् । ती सरकारी र सामुदायिक क्षेत्रले भने विद्युत् पूर्ववत् अवस्थामा नै उपभोग गर्न पाउने वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण