बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एमाओवादीलाई अर्को धक्का, पोलिटब्यूरो सदस्य बाबुरामको नयाँ शक्तिमा लागे

आइतबार, ०९ फागुन २०७२, १३ : २३
आइतबार, ०९ फागुन २०७२

काठमाडौं– एमाओवादीका पोलिट्व्यूरो सदस्य धु्रव पराजुली बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिमा लागेका छन् । भट्टराईले नयाँ शक्तिको अभियान सुरु गरेसँगै उनलाई साथ दिँदै देबेन्द्र पौडेल, रामचन्द्र झालगायतका उच्च नेताहरुले एमाओवादी परित्याग गरिसकेको सन्दर्भमा पछिल्लो समय पोलिट्ब्यूरो सदस्य पराजुली पार्टी परित्याग गरेर समेत नयाँ शक्तिमा लागेका हुन् ।

आइतबार एक विज्ञप्ती जारी गर्दै पराजुलीले आर्थिक संवृद्धि हाँसिल गरेर प्राप्त राजनीतिक उपलब्धीहरु पनि संस्थागत हुदैछन्  भन्ने विश्वास निर्माण गर्न भिजधारी नेतृत्व सहितको नयाँनिति, विधि, कार्यप्रणाली र कार्ययोजना विकाश गर्न जरुरी रहेको र सोका लागि नयाँ शक्ति योग्य भएकाले आफू त्यसतर्फ लागेको बताएका छन् । सिन्धुपाल्चोकका उनीसँगै गोबिन्द पराजुली दिलबहादुर श्रेष्ठ र बाबुराम कार्कीले पनि एमाओवादी परित्यागको घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप