बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कोलकत्तालाई हराउँदै झापा ११ सेमिफाइनलमा

आइतबार, ०९ फागुन २०७२, १३ : ३१
आइतबार, ०९ फागुन २०७२

विराटनगर– जर्ज टेलिग्राफ कोलकत्तलाई फराकिलो गोल अन्तरले हराउदै झापा ११ विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा आज विहान भएको पहिलो क्वाटर फाइनलमा जर्ज टेलिग्राफलाई एक गोलको विरुद्ध ५ गोल गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेल सुरु भएको २७ सेकेन्डमै जर्ज टेलिग्राफका साविर हुसेनले गोल गरेका थिए । जर्ज टेलिग्राफले गोल गरेको तीन मिनेटमा झापाका बुद्ध राज चेम्जुङ्गले गोल गरी खेल बराबरीमा ल्याएका थिए । बुद्धले खेल अवधिभरी दुई गोल गरेका थिए ।

आक्रमक रुपमा प्रस्तुत भएको झापाले खेलको ३९ औ मिनेटमा बललाई अगाडी बढाइ डिबक्स भित्र हेड गरी झापाका विशाल राईले सानदार गोल गरेका थिए । दोस्रो हाफदेखी केही सुधारीएको प्रदर्शनी गरेको जर्ज टेलिग्राफले गोल गर्ने धेरै अवसर खेर फालेका थिए । खेलको ६५ र ७० औ मिनेटमा झापा कर्ण लिम्बुले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । खेलको ७८ औ मिनेटमा झापाका बुद्धराज चेम्जुङ्गले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए ।

कप्तान नरेन्द्रमणि राई रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि झापा १० खेलाडीमा सीमित भएको थियो । खेलका क्रममा टेलिग्राफका खेलाडी राजीव गौरेललाई मुक्का प्रहार गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिए । झापाका खेलाडीमाथि दुव्र्यवहार गरेको आरोपमा उनै राजीवले पनि लगत्तै रातो कार्ड खाए । १०–१० खेलाडीमा सीमित भएका दुबै टिम दोस्रो हाफमा प्रतिस्पर्धात्मक खेलेका थिए तर झापाले अवसरलाई सदुपयोग गर्न सक्यो । लगातार गोलको वर्षाले त्रसित देखिएको टेलिग्राफका बपि रामले खेलको अन्त्यतिर रातो कार्ड खाए । खेल अवधिभरी जर्ज टेलीग्राफका पाँच जना खेलाडीले वाहेल्लो र झापाका दुई जनाले वाहेल्लो काड पाएका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच झापाका बुद्धराज चेम्जुङ्ग घोषित भएका छन् । प्रतियोगिताको दोस्रो क्वाटर फाइनल खेल आज दिउसो २ बजे आयोजक मोरङ फुटब क्लब र युनाइटेड सिक्किम फुटबल क्लब विच हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप