बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नवयुग र विकेशलाई फतौरी बुढीको यस्तो आशिर्वाद (भिडियोसहित)

आइतबार, ०९ फागुन २०७२, १३ : ४५
आइतबार, ०९ फागुन २०७२
काठमाडौं–दक्षिण एसियाली खेलकुद (साग) फुटबल उपाधी जितेर स्वदेश फर्किएका खेलाडीलाई हास्य कलाकार कुञ्जना घिमीरे (फतौरी बुढी)ले आर्शिवाद दिएकी छिन् । गोलकीपर विकेश कुथु र नवयुग श्रेष्ठसँग भेट गरेर उनले देशलाई कहिल्यै घात नगर्नु भन्दै आर्शिवाद दिएकी हुन् । खेलमा जित हाँसील गर्दा ३ करोड नेपालीको मन खुशिले गद्गद् भएको प्रतिक्रिया दिएकी छन् । एकैसाथ देश हसाउने सार्मथ्य बोकेका खेलाडीलाई देशले पनि उच्च सम्मान गर्नु पर्नेमा उनको जोड छ । खेलाडीहरुले खेल खेले जस्तै सबै एक भएमा नेपालीलाई कसैले पनि पछि पार्न नसक्ने उनको भनाई छ । रमाइलो भलाकुसारीका क्रममा विकेश र नवयुगले साग प्रतियोगिता नाकाबन्दीको रिस फेर्ने गतिलो अवसर सावीत भएको बताएका छन् । खेल जितेर स्वदेश फर्किदा पाएको स्वागत र खुशिले मेडल सिरानी हालेर नै निदाएको विकेशले बताएका छन् । यसको साथमा उनीहरुले आफ्नो व्यक्तिगत कुराहरु पनि फतौरी बुढीसँग साटासाट गरेका छन् । भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=KsxE1cp1d0o

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप