बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

देउवा र रामचन्द्रपछि सिटौला पनि सभापतिको रेसमा रहेको घोषणा

आइतबार, ०९ फागुन २०७२, १३ : ५६
आइतबार, ०९ फागुन २०७२

इटहरी – काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आफू सभापतिको आकाङ्क्षी भएर मैदानमा आइसकेको बताएका छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवापछि सिटौलाले पनि आफू आगामी महाधिवेसनमा सभापतिको आकांक्षी भएको बताएका हुन् । पार्टी सभापति सुशील कोइरालाको स्मृतिमा झापामा आयोजना हुने शोकसभामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् । सिटौलाले पार्टीभित्र देखिएका ६०–४० को भागबन्डालाई अन्त्य गर्नका लागि आगामी १३औँ महाधिवेशनले महत्वपूर्ण निर्णय निकाल्ने बताएका छन् ।

उनले देशभरका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले पार्टीलाई ऊर्जाशील तुल्याउन नयाँ जोस र रणनीति बोकेर आउने विश्वास बढेको बताए ।

उनले भने–“अब यहाँ संस्थापन पक्ष र देउवा पक्ष भन्ने भावनाको छिर्का समेत नआउन दिनका लागि प्रतिनिधिले सुझबुझ देखाउनुपर्छ । ” उनले धनुषा, बारा र पर्सामा नेतृत्व छनोट भइरहेको र ५१ जिल्लामा सम्पूर्ण निर्वाचनका प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप