बाबुरामको नयाँ शक्तिद्वारा जनादेश पत्रिकाको कार्यालय कब्जा, महासंघको आपत्ती
काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले जनादेश साप्ताहिकको कार्यालय कब्जा गरेको छ । पत्रकार महासंघका सभासद् एवं प्रेस काउन्सिल नेपालका सदस्य मनऋषि धिताल जनादेश साप्ताहिकका सम्पादक–प्रकाशक रहेका छन् भने केन्द्रीय सदस्य सरिता ढकाल सञ्चालक रहेकी छन् । बाबुरामको निर्देशनमा नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले ‘नयाँ शक्तिको’ प्रचार–प्रसार कार्यालय सञ्चालन गर्न भन्दै संखमुलस्थित साप्ताहिकको कार्यालयमा प्रवेश गरी कम्प्यूटरलगायत महत्वपूर्ण कागजात र कार्यालयको साँचोसमेत कब्जामा लिई कार्यालय नियन्त्रणमा लिइएको बताइएको छ । यसरी ‘जनादेश साप्ताहिक’ को कार्यालयमा रहेको कम्प्यूटरलगायतका सामग्री कब्जा गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव उजीर मगरले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘महासंघ जनादेश साप्ताहिक सञ्चालनमाथि गरेको नियन्त्रणकारी शैलीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको ठहर गर्दै घटनाको घोर भत्र्सना गर्दछ । नियन्त्रण गरिएका सम्पूर्ण सामग्री फिर्ता गरी प्रेसको संवैधानिक अधिकारलाई सम्मान गर्न महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण