मेलाको मौका छोपी यात्रुसित छ गुणा बढी भाडा असुलियो
काठमाडौँ - शालीनदी मेलामा जाने यात्रुसँग साँखु बस व्यवसायी सङ्घका सार्वजनिक सवारीले मनपरी भाडा असुलेको तीर्थयात्रीले गुनासो गरेका छन् ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने शालीनदी मेलामा जाने श्रद्धालु तीर्थयात्रीसँग बसका परिचालकले तोकिए भन्दा बढी भाडा लिएका हुन् । यातायात व्यवस्था विभागले विसं २०७२ माघ २४ गतेदेखि लागू गरेको भाडादर अनुसार पुरानो बसपार्कदेखि साँखुसम्म १८ किलोमिटर दूरीको भाडादर रु २३ तोकिएको छ ।
मेलाको मौका छोपेर तोकिए भन्दा छ गुणा बढी भाडा असुलेको यात्रु रश्मि लामिछानेले बताए । “भाडा रु २३ तोकिएको रहेछ, हामीसँग रु १२५ भाडा लिइयो” उनले भने ।
सङ्घका बसले उपत्यकामा सबैभन्दा बढी भाडा असुलेको गुनासो आउने गरेको विभागका प्रवक्ता एवम् अनुगमन विभाग प्रमुख वसन्त अधिकारी बताउँछन् । सङ्घका सचिव एलपी श्रेष्ठ मनपरी भाडा उठाउने १० वटा सवारीलाई समितिले नै कारबाही गरेको स्वीकार गर्छन् । “विद्यार्थी सहुलियत नदिने र तोकिए भन्दा बढी भाडा लिने सवारीलाई सङ्घले नै कारबाही गर्ने गरेको छ, अटेर गर्नेलाई ट्राफिक प्रहरीलाई बुझाएर समेमत कारबाही गर्न सहयोग गरेका छौँ”–उनले भने ।
रिजर्भमा लेखेर नयाँ बानेश्वरबाट आएको सवारीले रु १०० सम्म बढी भाडा लिएको शनिबार आफैँले भेटेको समेत उनले बताए । माघ महिनामा शाली नदीमा स्नान गर्नाले पाप पखालिई पुण्य कमाइने विश्वासमा लाखौँ यात्रीले मेला भर्ने गर्छन् । यस मेलामा यहाँ आई माधवनारायणसहित श्रीस्वस्थानीको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने भक्तजनको विश्वास छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण