दुग्धजन्य पदार्थको मूल्य बढ्यो
आइतबार, ०९ फागुन २०७२, १४ : ३१
म्याग्दी फा– म्याग्दी सदरमुकाम बेनीका ब्यवसायीले दुग्धजन्य बस्तुको मूल्य बढाएका छन् ।
म्याग्दी दुग्ध उत्पादन तथा डेरी व्यवसायी समितिका अध्यक्ष कोषानन्द आचार्यको अध्यक्षतामा शनिबार बेनीमा बसेको बैठकले आगामी चैत १ गतेदेखि लागू हुनेगरि मूल्यवृद्धी गर्ने निर्णय गरेको हो ।
देशभर समग्र बस्तुमा भएको मूल्यवृद्धीको असर कृषक र दूग्ध ब्यवसायीहरुमा पनि परेकाले मूल्य वृद्धी गरेको समितिका सचिव यज्ञनाथ आचार्यले बताए ।
कृषकबाट हाल ६० रुपैया प्रतिलिटरका दरले दूध खरिद गर्दै आएका दुग्ध ब्यवसायीले उनिहरुलाई थप सात रुपैया दिने निर्णय गरेका छन् ।
ब्यवसायीले भने ७० रुपैयाबाट दूधको बजारमूल्य दश रुपैया बढाएर प्रतिलिटर ८० रुपैया पु¥याउने भएका छन् । दूधको गुणस्तर पनि बढाउने उनिहरुको भनाई छ । २४ ल्याक्टो भएको दूध मात्रै खरिद बिक्री गर्ने निर्णय भएको सचिव आचार्यले बताए ।
ब्यवसायीका अनुसार प्रतिलिटर दहिलको मूल्य एक सय, ध्युको एक हजार एक सय र प्रतिकेजी पनिरको मूल्य नौ सय रुपैया तोकीएको छ । यसैगरी आईसक्रिम प्रतिलिटर एक सय, कुराउनी प्रतिकेजी एक हजार र लप्सी प्रति गिलास ४० रुपैयामा बिक्री गर्ने निर्णय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण