आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
सल्यान–सल्यानमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । तीनदिनसम्म चलेको प्रतियोगिताको शिल्ड श्री राष्ट्रिय माध्यमिक विद्यालय दार्मकोटले उचालेको छ ।
सातौं राष्ट्रपति रनिङ शिल्ड चुमेको उक्त विद्यालयले यो वर्ष पनि शिल्ड चुम्न सफल भएको हो । एथलेटिक्स भित्रका विभिन्न इभेन्टहरुमा विजयी भई कुल १ सय ५१ अंक ल्याई उक्त विद्यालयले दोस्रो पटक शिल्ड उचाल्न सफल भएको हो । प्रथम स्थान हासिल गरेको उक्त विद्यालयले शिल्ड जित्नुका साथै १५ हजार नगद पुरस्कार समेत हात पार्न सफल भएको छ । यस्तै शारदा उच्च माध्यमिक विद्यालय शंखमुल सल्यान दोस्रो भएको छ । उसले कबड्डी, भलिबल र एथलेटिक्स विधिमा १ सय ३ अंक ल्याई दोस्रो हुन सफल भएको हो । यस्तै शारदा जनकल्याण उच्च माध्यमिक विद्यालय रामपुर ९० अंक ल्याई तृत्तिय भएको छ । दोस्रो र तेस्रो हुने विदलयलय क्रमशः १२ हजार र ९ हजार नगद पुरस्कार हात पार्न सफल भएका छन् । यस्तै उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको छ । पुरुष भलिबल तर्फ शारदा जनकल्याण उमावि रामपुरका सन्तोष परियार, छात्रा भलिबल तर्फ जनकल्याण उमावि थारमारेकी कमला बुढाथाकी , कबड्डी छात्र तर्फ एम एम एकडेमीका खलंगाका सविन केसी र छात्रा तर्फ शारदा उमावि शंखमुलका उत्कृष्ट खेलाडी घोषित भएका छन् । यस्तै एथलेटिक्स तर्फ महिलामा राष्ट्रिय मावि दार्मकोटकी निर्मला केसी र छात्र तर्फ नारायण माध्यमिक विद्यालय स्वीकोटका राम प्रकाश बुढाथोकी उत्कष्ट खेलाडी घोषित भएको जिल्ला खेलकुद विकास समिति सल्यानका कोषाध्यक्ष युवराज वलीले जानकारी दिनु भयो । प्रतियोगितामा दुवै निर्वाचन क्षेत्रका ४७ विद्यालयका १ हजार १ सय ७८ प्रतियोगि बिच प्रतिस्पर्धा भएको थियो । रनिङ शिल्डमा प्रथम र उत्कृष्ट खेलाडिहरु क्षेत्रिय स्तरमा हुने प्रतियोगितामा भाग लिने वलीले बताउनु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण