गर्मी सुरु भएसँगै डढेलोको खतरा, नियन्त्रणका लागि तयारी गरिँदै
दाङ–फागुन महिना सुरु भएसंगै दाङमा हावाहुरी चल्न थालेको छ । विशेष गरि फागुन देखि जेठको अन्तिम साता सम्म हुने प्रचण्ड गर्मिमा वनजंगलमा लाग्ने डढेलोका कारण दाङका सयौं हेक्टर क्षेत्रफलमा आगलागीका घटनाहरु हुने गर्छन् । गएको बर्ष, बैशाख महिना देखि जेठ महिनाको विभिन्न समयमा पश्चिम दाङमा १ हजार ८ सय हेक्टर क्षेत्रलफल रहेको वनजंगलमा डढेलो लाग्दा ठूलो नोक्सानी पुगेको थियो । धनौरी सेक्टर वन कार्यालयका अनुसार १ हजार १ हेक्टर क्षेलफल राष्ट्रिय वन र ८ सय ८.५ हेक्टर सामूदायीक वनमामा डढेलो लागेको थियो । जस अन्र्तगत दाङको पुरन्धारा गाविसको दक्षिणी वेल्टमा पर्ने राष्ट्रिय वनमा एक हजार १ हेक्टर क्षेत्रफलमा डढेलो लाग्दा विभिन्न प्रजातिका हजारौ वोटविरुवा जलेर नष्ट भए । त्यसैगरी सेक्टर अन्र्गत रहेका १ सय १२ वटा सामुदायिक वन समूह मध्य तुलसीपुर ८ मा रहेको नवदुर्गा, सामुदायीक वनमा एक हेक्टर, कनिरा सामूदायीक वन उपभोक्ता समूह गोल्टाकुरी १ मा ४ हेक्टर , हात्तिखाल सामूदायिक वन धनौरीमा ३ हेक्टर, सातपोखरी हुरुम सामुदायिक वन पञ्चकूले ६ र ७ मा एक सय ५० हेक्टर , मनसूता सामूदायिक वन पुरन्धारा ८ मा २७ हेक्टर , सोही गाविसकै देवीडाँडा सामूदायिक वनमा १८ हेक्टर , महिला हरियाली सामुदायिक वनमा एक सय ८० हेक्टर , हुरुम सल्लेरी सामूदायिक वनमा एक सय ४० हेक्टर , खैर भट्टी सामूदायिक वनमा १५ हेक्टर , सुवाखोरी सामूदायि वनमा २ सय ८० हेक्टर , र धारापानी सामूदायिक वन समूहमा ६० हेक्टर क्षेत्रफलमा डढेलो लाग्यो ।
डढेलो नियन्त्रणका लागि तयारी धनौरी सेक्टर वन कार्यालय तुलसीपुरले वनजंगलमा लाग्ने संभावित डढेलो नियन्त्रणका लागि तयारी थालेको छ । सेक्टर अन्र्गत रहेका पाँचवटा इलाका वन कार्यालयमा डढेलो नियन्त्रण समाग्री पठाईसकेको सेक्टर वनका फरेष्टर ध्रुव गौतमले जानकारी दिएका छन् । सेक्टर वनले पुरन्धारा, बैबाङ, चिराघाट, कौशिलापुर र तुलसीपुर इलाका वन कार्यालयमा पानी फाल्ने फोहरा, हेल्मेट, ज्याकेट, जुत्तामोजा, पञ्जा, बेल्चा, पत्ता, लाइट लगायतका सामाग्री पठाइएको छ । त्यसैगरी अग्निनियन्त्रण संजाललाई पनि सक्रिय पार्ने जनाएको छ । अघिल्लो बर्ष चिराघाट, सातपोखरी हुरुम सामूदायिक वन र नवदुर्गा सामूदायीक वनमा गठित अग्नि नियन्त्रण संजाल, सामूदायिक वन समूहका प्रतिनीधि र सरोकार वाला निकायलाई फागुन महिना भरि डढेलो नियन्त्रणका तरिका , लाग्न नदिने उपाय , र लागीहालेमा उपभोक्ता कसरी जुटाउने लगाएतका विषयमा गोष्ठि संचालन गर्ने फरेष्टर गौतमले बताए । सामूदायिक वन भन्दा राष्ट्रिय वनमा डढेलो किन बढी लाग्छ ? वनको तथ्याङक अनुसार प्रत्येक बर्ष सामूदायीक वनमा भन्दा राष्ट्रिय वनमा बढी डढेलो लागेको पाइन्छ । सामुदायिक वन महासंघ र जिल्ला वनको आआफनै तर्क छ । वनका कर्मचारीहरु राष्ट्रिय वनमा प्राय नजाने गरेका कारण वन जंगलको संरक्षण र सम्वद्र्धन हुन नसकेको सामूदायिक वन महासंघ दाङकी उपाध्यक्ष हुमा डिसीको भनाइ छ । ‘ राष्ट्रिय वनमा ठूलो परिमानमा काठ कटानी भयो, वा भिषण आगलागि भयो भने मात्रै मुस्कीले कर्मचारी राष्ट्रिय वनमा गइपुग्छन् नत्र राष्ट्रिय वन नदेखेरै कतिपय वन कर्मचरीको सरुवा हन्छ ’ उपाध्यक्ष डिसीले भन्नु भयो । राष्ट्रिय वन, समूदायलाई प्रकृया पु¥याएर हस्तान्तरण गर्न जिल्ला वनले जति ढीला गर्छ त्यति नै वन विनास हुने महासंघले बताएको छ । यता धनौरी सेक्टर वनले मानव बस्ती देखि राष्ट्रिय वन धेरै टाढा भएकाले संरक्षणमा केहि चूनौति थपीएको बताएको छ । राष्ट्रिय वन त होनि, भनेर उपभोक्ताहरुले आफनो वन जोगाएर राष्ट्रिय वन मास्ने गरेको निमित्त सेक्टर प्रमुख दिपक रेग्मीले बताए । बेला मौकामा कर्मचारीहरु वन रेखदेख गर्न जाने गरेको दाबी गर्दै उनले गाउँबस्ती देखि धेरै टाढा र विकट ठाउँ भएकाले चोरी निकासी रोक्ने देखि डढेलो नियन्त्राण्मा कठीनाइ हुने उनको भनाई छ । वन कर्मचारी, उपभोक्ताको सहकार्य र एकता विना सामूदायिक र राष्ट्रिय वनको संरक्षणमा सोचेअनुसार सफलता हासील गर्न नसकिने रेग्मीको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण