बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

यती डेभलपमेण्ट बैंकको समूदायमा आधारित बित्तिय साक्षरता कार्यक्रम

आइतबार, ०९ फागुन २०७२, १६ : ४०
आइतबार, ०९ फागुन २०७२

काठमाडौं–यती डेभलपमेण्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम संचालन गर्दै जाने अभियानको क्रममा बैंकको निजगढ शाखाले निजगढ–२ भरतगंजसिंगौल स्थित श्री लोकप्रिय प्रा.वि.को हलमा समूदायमा आधारित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । समूदायका बिभिन्न क्षेत्रमा रहेका १०० जना भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बैंककोे निजगढ शाखाका प्रबन्धक अच्युत सुबेदीले बैंकको महत्व तथा बैंकले गर्ने कामहरुको बारेमा प्रकाश पार्दै कसरी बचत गर्ने बानीको बिकाश गर्न सकिन्छ भन्ने बारेमा तालीम प्रदान गरेका थिए । उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक श्री मुकुन्द विष्ट र विद्यालय व्यवस्थापना समितिका अध्यक्ष केशब प्रसाद उपाध्याय ढोडारीको उपस्थिती रहेको थियो । यस प्रकारको कार्यक्रम उक्त समूदायमा पहिलो पटक संचालन हुँदा सहभागिहरुले आफूहरुले बैंक तथा बित्तिय संस्थाले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी पाएको तथा आफ्नो बचत र बैंकको कर्जालाई कसरी उद्यमशील क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बारे ज्ञान प्राप्त भएकोमा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप