बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सेञ्चुरी बैंकबाट पुर्ननिर्माणको शुरुवात

आइतबार, ०९ फागुन २०७२, १६ : १९
आइतबार, ०९ फागुन २०७२

काठमाडौं–सेञ्चुरी बैंक लिमिटेडले गत बैशाख १२ गते गएको महाभुकम्पले क्षति भएको त्रिपुरेश्वर स्थित त्रिभुवन सालिक परिसरमा रहेको ट्राफिक आईलेण्डको पुर्ननिर्माण गरी राष्ट्रिय प्रजातन्त्र दिवसको दिनमा उद्घाटन गराएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले काठमाडौं महानगरपालिकासँग ५ बर्षसम्म उक्त परिसर मर्मत तथा सांभार गर्ने गरी सम्झौता समेत गरेको छ ।

आ.व. २०७२÷७३ को पुस मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.२४.०८ अर्व र कर्जा रकम रु. २०.८४ अर्व परिचालन गरी रु. २३.४२ करोड सञ्चालन मुनाफा र १६.०८ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । २०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २८ वटा ए.टी.एम्, ११ वटा शाखारहित बैंकिङ्ग र दुईटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप