वैचारिक र नैतिक बलले विरोधीलाई जित्नुपर्दछः प्रचण्ड
अध्यक्षले माओवादीको पहिचान नभई अन्यको पहिचान हुन नसक्ने भन्दै माओवादीको पहिचान दह्रो भए सबै समुदायको पहिचान हुने बताए । माओवादीको पहिचान मजबुत बनाउन आफूहरु लागि परिरहेको उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले गौरी शंकर खड्का विचारमा निष्ठावान र सरल व्यक्तित्वका धनी भएको बताए । ‘मलाई गौरी शंकरजीलाई पहिलो पटक भेट्दा भरोसायोग्य कार्यकर्ता भेटे जस्तो महशुस भएको थियो । उनले गुणहरुबाट सिक्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।
कार्यक्रममा पार्टीका कोषध्यक्ष तथा कृषि मन्त्री हरिबोल गजुरेल, १ नं. प्रदेशका इन्चार्ज राम कार्की खड्काकी जीवन संगीनी सीता खड्का, दाजु कुलबहादुर खड्का लगायतले गौरी शंकर खड्काका जीवनका हरेक पक्षका बारेमा चर्चा गरेका छन् । गौरी शंकर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा नेतृ धर्मशीला चापागाञीको अध्यक्षता रहेको थियो भने रमेश गुरागाञीले कार्यक्रमको सञ्चालन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण