बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

हिमाल ग्यासको कालोबजारी कायमै, प्रयोगमा पनि खतरा, उपभोक्ताको जीवनमाथि खेलबाड

आइतबार, ०९ फागुन २०७२, १७ : ४७
आइतबार, ०९ फागुन २०७२
काठमाडौं– बजारमा अन्य खाना पकाउने ग्यास नियमति हुन थालेपनि हिमाल ग्यासको भने कालोबजारी कायमै रहेको छ । हिमाल ग्यासका उपभोत्ताहरुले ग्यास डिलरले नयाँ नयाँ उपभोक्तालाई सिलिन्डरसहित ग्यास बेचेको र आफुहरुलाई नदिएको बताए । ‘हामीलाई चार महिना देखि एउटा सिलिन्डर पनि दिएको छैन् । नयाँ उपभोक्तालाई महंगो शुल्का नयाँ सिलिन्डर बेचिरहेको छ ।’ शान्तिनगरमा बस्दै आएका नुवाकोटकी कल्पना सुवेदीले गुनासो गरिन्, ‘यो ग्यासको भर पर्दा भोकै बस्नुपरह्यो ।’ कल्पना जस्तै हिमाल ग्यासका उपभोक्ताले समयमै ग्यास पाउन नसकेको गुनासो गरेका छन् । ‘नाकाबन्दी खुलेपछि आउछ भन्थे, आजसम्म दिएका छैनन्।’ कोटेश्वरका संदीप कार्कीले भने । प्रयोगमा पनि खतरा उपभोक्ताहरुले हिमाल ग्यासको प्रयोग पनि खरतापूर्ण रहेको समेत गुनासो गरेका छन् । ‘अन्य ग्यासको सिलिन्डरको तुलनामा हिमाल ग्यास धेरै गहुंगो छ । लेदो जमेको हुनुपर्छ । धेरै लेदो भएको ग्यास खतरनाक हुन्छ भन्ने हल्ला सुनेको हो । प्रयोग गर्न पनि डर लाग्न थालेको छ ।’ विज्ञहरुले खाली सिलिन्डरमा धेरै लेदो भए बढी खतरापूर्ण हुने बताए । कालोबजारीमा ग्यास सिलिन्डर बेचिरहेको हिमाल ग्यासले उपभोक्ताको जीवनमाथि गंभीर खेलवाड गरेको छ । तर, आयल निगमका अधिकारीहरु भने यसमा मौन बसेका छन् । त्यसैवीच आफुलाई हिमाल ग्यासको विक्रेता बताउने मनोज नामका व्यक्तिले आफुहरुको ग्यास सहज भएको दावी गरे । तर, उनले दावी गरेजस्तै ग्यास बजारमा कही पनि पाइएको छैन् । कालोबजारी गरेको अबस्थामा गत बर्ष विप्लव नेतृत्वको माओवादीले हिमाल ग्यासको डिपो कब्जा गरेर सर्वसाधरणलाई वितरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप