¥याफ्टिङ दुर्घटनामा बेपत्ता भएका युवकको शव फेला
चितवन– गएको सोमबार बेलुकी त्रिशूली नदीमा ¥याफ्टिङ दुर्घटनामा बेपत्ता भएका एक युवकको शव आज दिउँसो फेला परेको छ ।
कविलास गाउँ विकास समिति वडा नं १ स्थित त्रिशूली नदीमा ¥याफ्टिङ दुर्घटना भएर बेपत्ता भएका भरतपुर उपमहानगरपालिका वडा नं १६ बस्ने २४ वर्षीय विवेक बानियाँको शव ठिमुराको केराबारीस्थित त्रिशूली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ¥याफ्टिङ गर्न गएका १४ जनामध्ये चारजनाले लाइफ ज्याकेट प्रयोग नगरेको र तिनीहरुमध्ये बानियाँ बेपत्ता भएका थिए । अन्य १३ जना भने पौडी खेलेर बाँच्न सफल भएको उनले बताए ।
लाइफ ज्याकेट नभएकामध्ये तीनजना पौडी खेल्नसक्ने भएकाले नदी बाहिर निस्कन सकेको भए पनि बानियाँले पौडिन नसक्दा नदीले बगाएको उनले बताए । ¥याफ्टिङ नदी किनारको रुखको कापामा ठोक्किएपछि दुर्घटना भएको थियो ।
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण कुरिनटारको गोताखोर टोलीले घटना भएलगत्तै खोजीकार्य तीव्र बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण