बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

केपी ओलीको भ्रमणबारे दिल्लीमा आयोजित पत्रकार सम्मेलन नेपाली पत्रकारद्वारा बहिष्कार

आइतबार, ०९ फागुन २०७२, १९ : ०१
आइतबार, ०९ फागुन २०७२

काठमाडौं–प्रधानमन्त्री केपी ओलीको भ्रमणकाबारे जानकारी दिन नयाँ दिल्लीस्थित नेपाली दुतावासमा भएको कार्यक्रममा नेपाली मिडियाहरुलाई भारतीय मिडियाले हेपाहा प्रवृति देखाएको भन्दै भारतस्थित नेपाली पत्रकारहरुले उक्त कार्यक्रम बहिष्कार गरेका छन् । नेपाली मिडियाहरुलाई भनेर छुट्टयाईएको समयमा भारतीय मिडियाहरुलाई समय दिएर नेपाली पत्रकारहरुलाई बाहिर राखेको भन्दै पत्रकारहरुले विरोध जनाएका हुन् । रातोपाटीसँग कुराकानी गर्दै नेपाल पत्रकार महासंघ, भारत प्रतिष्ठानका अध्यक्ष लोकेश साहले दुतावासले आफ्नै देशका मिडियाहरुलाई गरेको पक्षपातपूर्ण व्यवहारले आफुलाई निकै दुखित तुल्याएको बताएका छन् । ’भित्र भारतीय मिडियाहरुले मात्र प्रवेश पाएका छन् । नेपाली मिडियाहरुलाई भनी छुट्याइएको समय र स्थानमा भारतका नवभारत टाइम्स, टाइम्स अफ इन्डिया, आजतक लगायतका सञ्चारमाध्यमका प्रतिनिधिहरु उपस्थित छन् ।’ यता केपी ओलीको भ्रमण बारे बुझ्न गएका नेपाली पत्रकारहरुले आफुहरुलाई गरेको हेपाहा कार्यले देशको स्वाभिमानमाथि प्रहार भएको प्रतिक्रिया दिएका छन् । कार्यक्रम बहिष्कार गरी फर्कंदै गरेका पत्रकार ऋषि राम अधिकारी भन्छन्, ‘नेपाली मिडियालाई गरेको यस्तो पक्षपातपूर्ण कामले निकै दुखी तुल्याएको छ ।’ भारतबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका ‘नेपाल आवाज’ का प्रतिनिधि अर्जुन खनालले राटोपाटीसँग भने– ‘छानी छानी नेपाली मिडियाहरुलाई समाचार संकलनमा अवरोध पुर्याइएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप