बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गुदेलमा हेलिकोप्टरबाट औषधी सहयोग

आइतबार, ०९ फागुन २०७२, १९ : १०
आइतबार, ०९ फागुन २०७२

काठमाडौं–सोलुखुम्वुको कर्णाली भनेर चिनीने गुदेल स्वास्थ्य चौकीमा दुई जनाले ६ लाख बराबरको औषधी सहयोग गरेका छन् । गुदेल शेर्पा किदुगका साल्लाहकार पेमा लाक्पा शेर्पा र डेण्डी शेर्पाले औषधी पु¥याएका हुन् । उनीहरुले काठमाडौंबाट हेलिकोप्टरमार्फत आईतबार ३ लाख पचास हजार रुपैयाँ बराबरको औषधी पु¥याएका हुन् । यसअघि पनि उनीहरुले २ लाख पचास हजार मूल्य बराबरको अत्यावास्यक औषधी पठाएका थिए । सदरमुकामबाट तीन दिन पैदल हिँडेर पुगिने उक्त गाविसमा औषधी अभावका कारण विरामीलाई समस्या हुन नदिनका लागि औषधी सहयोग गरीएको डेण्डीले बताए । विकट गाविसमा विरामीहरु उपचारका लागि टाढा जाँदा पनि समस्या र औषधी ढुवानीमका समस्या हुने भएकोले उनीहरुको सहयोगले धेरैको ज्यान बचाउन मद्धत पुग्ने स्वास्थ्यचौकी प्रमुख रामु केसीले बताए । ‘देशभरी नाकाबन्दीका कारण औषधी अभाव भएको बेला हामीलाई यति धेरै औषधी सहयोग गरेका छन्’ उनले भने– ‘तीन दिन हिँडेर सदरमुकाम उपचार गर्न जानुपर्ने विरामीको उपचारमा निकै सजिलो भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप