अनेरास्ववियूको अध्यक्षमा नविना लामा निर्वाचित
सोमबार, १० फागुन २०७२, ०५ : ३७
काठमाडौँ – एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नविना लामा निर्वाचित भएकी छन् ।
अध्यक्षका अर्का प्रत्यासी दिपक गौतमलाई हराउँदै अखिल इतिहासमा रामकुमारी झाँक्रीपछि उनी उनी दोस्रो अध्यक्ष भइन् ।
आइतबार अबेर सम्पन्न केन्द्रीय गणनाअनुसार लामाले ८६५ मत ल्याइन् भने अर्का प्रत्यासी गौतमले ६४९ मत पाए।
उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल र शैलेश लामा विजयी भए ।
महासचिवमा ऐन महर विजयी भए भने सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सुदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भए । कोषाध्यक्षमा झपिन्द्र खत्री निर्वाचित भए । निर्वाचन आयोगमा तुलसी मैनाली, अनुशासन आयोगमा निशा अधिकारी र लेखा आयोगमा धमेन्द्र रोकाय निर्वाचित भए ।
बाइसौँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना एमाले पार्टी कार्यालय धुम्रवाराहीमा शुक्रबारदेखि भएको थियो । यसअघि विवादका कारण निर्धारित तालिकाभन्दा ढिला गरि निर्वाचन प्रक्रिया ढिलाई भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण