बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

इस्लामिक स्टेटद्वारा हिन्दु पुजारीको टाउको काटेर हत्या

सोमबार, १० फागुन २०७२, १५ : ४३
सोमबार, १० फागुन २०७२

ढाका – आफूलाई इस्लामिक स्टेट समूह बताउने समूहले बंगलादेशमा एक हिन्दु पुजारीको टाउको काटेर हत्या गर्नुका साथ र दुई धर्मावलम्बीहरुलाई आक्रमण गरी घाइते बनाएको छ । बंगलादेशको उत्तरी भाग रहेको पञ्चगढ जिल्लामा अतिवादी समूहले ४५ वर्षीय जोगेश्वर रोयको धारिलो हत्यार प्रयोग गरी हत्या गरेको हो । घटनाको जिम्मेवारी आफूलाई इस्लामिक स्टेट समूह बताउनेले उक्त घटनाको जिम्मेवारी लिएको स्थानीय समाचार संस्थाहरुले जनाएको छ । रोय मन्दिर परिसरमा रहेको आफ्नो घरमा बसिरहेको बेला आइतबार उनीमाथि हमला भएको प्रहरीले जनाएको छ । बिहानको पूजाका लागि तयारी गरिरहेका रोयमाथि मोटरसाइकल चढेर आएका दुई जना आक्रमणकारीहरुले आक्रमण गरेका थिए । घरकै बरण्डामा उनको टाउको काटी हत्या गरिएको थियो । उनलाई बचाउन आउने दुई धर्मावलम्बीहरु समेत उक्त घटनामा घाइते बनेका छन् । घटनास्थलबाट उनलाई आक्रमण गर्न प्रयोग गरिएको हतियार प्रहरीले बरामद गरेको छ । पछिल्लो समय बंगलादेशमा आइएसको गतिविधि बढेको छ । सिया, सुफी, क्रिस्टियन लगायत धार्मिक अल्पसंख्यकहरुमाथि आक्रमणका घटनाहरु बढेका छन् । गत अक्टोबरमा ढाकामा अवस्थित सियाहरुको मस्जिदमा भएको आक्रमणमा १ जनाको मृत्यु हुनको साथै ८० जना घाइते भएको थिए । लगभग १६ करोड जनसंख्या रहेको बंगलादेशमा १० प्रतिशत हिन्दु धर्मावलम्बीहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप