बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

१७ वर्षीय किशोरले बनाए सोलारबाट चल्ने स्कुटर

सोमबार, १० फागुन २०७२, १८ : ०१
सोमबार, १० फागुन २०७२

काठमाडौँ – नेपालमा पहिलो पटक सोलारबाट चल्ने स्कुटर सञ्चालनको शुभारम्भ गरिएको छ । अनुसन्धानकर्ता दमौली, तनहुँका १७ वर्षिय विकल्प ढुङ्गानाले दुई वर्ष लगाएर सौर्य उर्जाबाट चल्ने चल्ने सोलारको निर्माण गरेका हुन् । सोमबार संवाद डबलीले प्रोत्साहन स्वरुप एक कार्यक्रम गरी सोलार जडित स्कुटरको शुभारम्भ गरेको थियो । अनुसन्धानकर्ता विकल्प स्कुटरबारे जानकारी गराउँदै आफ्नी आमाको नामबाट स्कुटरको नाम ‘विष्णु सोलार स्कुटर’ राखेको बताए । अहिले जडित सोलारको क्षमता लगातार ६० घण्टा माइलेस दिने सो अबसरमा विकल्प ढुङ्गानाले जानकारी दिए । उनले आफूले नयाँ काम गर्न चाहेको तर राज्यले सहज वातावरण नबनाएको गुनासो गरे । उनले प्रधानमन्त्री केपी शार्मा ओलीलाई पनि भेटेको स्मरण गर्दै आस्वासन मात्र पाएको बताए । स्कुटर चढेर स्कुटर सञ्चानको शुभारम्भपछि बोल्दै विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले विदेश पलायन उर्जाशील वैज्ञानिकहरुलाई स्वदेशमै ज्ञान र कला प्रयोग गर्ने सक्ने वातावरण निर्माण गर्न मन्त्रालय लागिपरेका बताएका छन् । उनले भविश्यमा विज्ञान प्रविधि क्षेत्रमा लाग्न सक्ने नाकाबन्दीको मुकाबिला गर्न सक्ने गरी आफू अगाडि बढेको बताए । मन्त्री थापाले अनुसन्धानकर्ता ढुङ्गाना जस्ता हजारौं उर्जशील युवाहरुलाई नेपालमै अध्ययन र अनुसन्धान गर्ने वातावरण बनाउन आफू लागि परेको बताए । उनले विज्ञान प्रविधिको युगमा विज्ञान मन्त्रालयलाई सबैभन्दा कम बजेट र कर्मचारी छुट्इएको भन्दै असन्तुष्टि ब्यक्त गरे । मन्त्रालयमा ३६ जनाको दरबन्दी भएपनि दैनिक ७ जना कर्मचारी मुस्किलले मन्त्रालयमा आउने गरेको बताए ।

कार्यक्रममा अर्का अनुसन्धानकर्ता धनगढीका सुमन पौडेलले विज्ञान प्रविधिसँग सम्बन्धित राज्य निकाय गैरजिम्मेवार बताए । उनले यसअघि नै ड्राइभर निदाउँदा अटो ब्रेक लाग्ने डिभइस (जुन सुदूरपश्चिमका पहाडी जिल्ला प्रयोग भइरहेको छ), रोडका लाइट साँझ अन र विहान अफ लगायत एक दर्जनभन्दा बढि नयाँ परिक्षण सफल गरी सकेका छन । सवारी साधनमा राखिने डिभाइस एसियामै पहिलो पटक पौडेल परिक्षण गरेका हुन् । उनी अहिले सुदूरपश्चिमका बाढी प्रभावित क्षेत्रमा साइरन जोड्ने योजनामा लागिरहेका छन् ।

पौडेलका अनुसार विष्णु सोलार स्कुटरमा स्मार्ट डिभाइस जडान गरिएको छ । मौसमको जानकारी दिनुका साथै हराएमा लोकेशन हेर्न सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप