म्याग्दी हातेकागज देशकै उत्कृष्ट
म्याग्दी - देशभर सञ्चालित घरेलु तथा साना उद्योगबीच भएको प्रतिस्पर्धामा म्याग्दीको हातेकागज उद्योग प्रथम भएको छ ।
उद्योग मन्त्रालयअन्तर्गतको घरेलु तथा साना उद्योग विकास विभागले काठमाडौँमा गरेको प्रदर्शनीमा राम्चे गाविस–२ नांगीमा रहेको हिमाञ्चल हातेकागज उद्योगले प्रथम स्थान हासिल गरेको हो । आइतबार सम्पन्न ६ दिने प्रदर्शनीमा ७३ जिल्ला र काठमाडौँ उत्पत्यकाका उद्यमीको सहभागिता रहेको थियो ।
प्रथम भएको कागज उद्योगलाई विभागले रु १५ हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरेको सो उद्योगका संयोजक चित्र तिलिजा पुनले जानकारी दिनुभयो । उत्पादनको विविधता, गुणस्तर, उद्योगमा प्रयोग हुने स्वदेशी कच्चापदार्थ, रोजगारी सिर्जना लगायतका आधारमा उक्त उद्योग उत्कृष्ट घोषित भएको हो ।
“पुरस्कारले हौसला मिलेको छ” उहाँले भन्नुभयो । विसं २०७० मा स्थापित हातेकागज उद्योगमा हाल नौजना महिलाले रोजगारी पाएका छन् । उद्योगले कागज उत्पादनका क्रममा स्थानीय सीप र स्रोतसाधनमा आधारित फरक प्रविधिको प्रयोग गरेको छ । सिसाको घर बनाएर त्यहाँभित्र कागज सुकाउने प्रविधि प्रयोगमा ल्याएको हो । सो उद्योगले नेपाली कागजको डायरी, झोला, खेलौना र गहना समेत उत्पादन गर्दै आएको छ ।
उद्योग सञ्चालन भएपछि वर्षौंदेखि जङ्गलमा कुहिएर खेर गइरहेको लोत्ताको सदुपयोग भएको छ । उद्योगको उत्पादन काठमाडौँ, स्थानीय बजार र दक्षिण कोरियासम्म निर्यात हुने गरेको छ । उक्त प्रदर्शनीमा बेनीको मङ्गलाघाटमा सञ्चालित जालपा फुड प्रोडक्टले समेत सहभागिता जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण