भारतमा जातीय आन्दोलनमा मर्नेको संख्या १९ पुग्यो
नयाँ दिल्ली – उत्तरी भारतीय राज्यमा जारी रहेको जातीय प्रतिनिधित्व तथा आरक्षण विषयको आन्दोलनले हिंसात्मक रुप लिनपुग्दा त्यसमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
भारतको सरकारले जातीय उत्थानका लागि पिछडिएका जाति तथा समुदायलाई थप सहुलियत कोटा दिनुपर्ने मागसहित सो आन्दोलन केही दिनमात्र अघिदेखि सुरु भएको थियो । उक्त आन्दोलनमा परी आइतबारसम्ममा १९ को ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
हाल सरकारले दिँदै आएको आरक्षण सुविधामा वृद्धि गर्न दबाब सिर्जनाका लागि गरिएको आन्दोलनले हिंसात्मक रूप लिएपछि शुक्रबार एक जना आन्दोलनकारीको मृत्यु भएको थियो । सो हिंसापछि पुनः आन्दोलन चर्किएको छ ।
हरियाणा राज्यमा आफूहरूलाई सरकारद्वारा उपलब्ध गराउँदै आएको रोजगारी र विश्वविद्यालयमा अध्ययन गर्न ‘जात एग्रिकल्चरल कम्युनिटी’ ले थप कोटा छुट्याउनुपर्ने भन्दै आन्दोलन सुरु गरेका हुन् ।
हरियाणाका एकजना प्रहरी अधिकारीले हिंसात्म आन्दोलनमा परी १९ को ज्यान गएको र अरु २०० जना विद्यार्थी तथा प्रदर्शनकारी नागरिक घाएते भएका जानकारी दिएका छन् ।
हरियाणा राज्यका अतिरिक्त प्रमुख सचिव पि के दासले सो जानकारी दिएका हुन् । उनले आन्दोलन सोमबार पनि सुरु भएको भन्दै आइतबार रातिसम्ममा १९ को ज्यान गएको पुष्टि गरेका हुन् । सोही कारण राज्यका विभिन्न जिल्लामा कफ्र्यु आदेश जारी गरिएको र सोमबार पनि आन्दोलन हिंसात्मक भएमा थप जिल्लामा कफ्र्यु आदेश जारी गरिने पनि जनाएका छन् ।
प्रहरी अधिकारी सौरभ सिंहले आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा तथा गोली चलाउन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन चलाइएको जवाफी कारबाहीका क्रममा नै नागरिकको मृत्यु भएको बताएका छन् ।
आन्दोलनले व्यापक रूप लिन थालेपछि प्रान्तीय राज्यका अधिकारीले अर्धसैन्य बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिन निर्देशन दिएपछि सुरक्षाकर्मीले आन्दोलनविरुद्ध बल प्रयोग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण