संविधान बनाउन नेपालले देखाएको परिपक्वताको भारतीय विदेश मन्त्रीद्वारा स्वागत
नयाँदिल्ली - भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल सरकारले गठन गरेको राजनीतिक संयन्त्रबाट वार्ता र संवादका आधारमा मधेसी दलका माग र सङ्घीयताको सीमाङ्कनसम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणका क्रमम आज नयाँदिल्लीको भारतीय विश्व मामिला परिषद्मा आयोजित २१ औँ सप्रु प्रवचन कार्यक्रममा उनले नेपालको नयाँ संविधानलाई स्वागत गर्दै जनताको जायज मागका आधारमा समावेशी र समानुपातिकका सवालमा संशोधनप्रति आभार व्यक्त गरिन् ।
विदेशमन्त्री स्वराजले गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा संविधानसभामा व्यक्त ऋषिमनका साथ सर्वसमावेशी संविधान बनाउन र युद्धबाट बुद्ध तथा शस्त्रबाट शास्त्रको बाटोमा नेपाल ल्याउन गर्नुभएको आव्हान नेपालीको घरघरमा गुञ्जिएको उल्लेख गर्दै संविधान बनाउन नेपालले देखाएको परिपक्वताको स्वागत र बधाई दिइन् ।
उनले १७ वर्षदेखि हुन नसकेको भारतीय पक्षको नेपालमा उच्चस्तरीय भ्रमणलाई प्रममोदीको भ्रमणले तोडेको र पछिल्ला दिनमा आपसी भ्रमण र संवाद बढेकामा खुशी समेत व्यक्त गरे ।
विदेशमन्त्री स्वराजले भारत नेपालप्रति ठूलो दादाको व्यवहार गर्न चाहेको भन्ने गलत बुझाइको खण्डन गर्दै त्यसलाई प्रौढ भाइका रुपमा नेपालमा समस्याबारे चासो राखी समाधानमा सहयोग गर्न चाहेको अर्थमा बुझ्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण