३५ वर्षदेखि छुट्टै बस्दै कुष्ठरोगी
कालीकोट– कृष्ठरोगप्रति समाजले घृणाका दृष्टिले हेर्ने चलनका कारण कालीकोटका ग्रामीण क्षेत्रमा एक वृद्ध छाप्रोमा छुट्टै बास बस्नु पर्ने अवस्था आएको छ । जनचेतनामा कमीका कारण कृष्ठरोगीलाई घरमा भन्दा छुट्टै बसाल्ने गरिएको छ ।
यसको ज्वलन्त उदाहरण हुन बदालकोट–६ दलितटोलका ७७ वर्षीय धनसुरे तिरुवा घरपरिवार भन्दा एक छुट्टै कटेरोमा विगत ३५ वर्षदेखि बस्दै आउनुपरेको हो । ३५ वर्षको उमेरमा कृष्ठरोगको लक्षण देखिए पछि भारतको नैनितालबाट उपचार सुरु गरेका तिरुवाले पटकपटक उपचार गर्दा पूर्ण निको नहुँदा हात खुट्टामा समस्या देखा परे पछि अशक्त हुन परेको उनको भनाइ रहेको छ । भारतमा मात्र होइन नेपालमा आएर उपचार गर्नुका साथै उनलाई पुर्खाका कारण देवता लागेर रोग लागेको अविश्वास रहेको छ । उनले आफ्नो मावलि घरको देवता पुकारेका कारण माइजुको समेत कृष्ठरोग लागेर मृत्यु भएको र सो देवतालाई पुजेर अरु घर परिवारमा नदेखिए पनि आफूमा देखिएको धारणा राखे । त्यति मात्र होइन उनलाई मान्मको धैनडी देवताले गर्दा आफूमा सो रोगले जरा गाडेको बुझाइ रहेको छ ।
उनी गाउँभन्दा करिब दुई किलोमिटर टाढा खेत र खोलाको किनारमा सामान्य कटेरोमा बस्दै आएका छन् । पहिले घरका गाई बाख्रा हेर्नेमा सहयोग गर्ने गरेको बताए पनि अहिले आँखा देख्न र हिँडडुल गर्न समस्या परे पछि कटेरोभित्र बास बस्नुपरेको छ ।
बूढो उमेरमा नाति नातिनी हेरेर घरमा रमाउने समयमा किन जङ्गलमा बासभन्दा घरका अन्य परिवारलाई आफूलाई लागेको रोग सर्ने आशङ्काका कारण आफू छुट्टै कटेरोमा बस्नुपरेको उनले बताए ।
उनले अहिलेसम्म वृद्धभत्ताबाहेक अन्य कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गरे । ग्रामीण क्षेत्रमा कृष्ठरोग लुकाउने परम्पराका कारण रोग वृद्धि हुँदै गएको बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले कृष्ठरोग अहिले कालीकोट जिल्ला अस्पतालको सम्पर्कमा कमै रहेको र सम्पर्कमा रहेका रोगीलाई उपचार जारी राखेको बताएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
-
आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
-
अन्तिम उपभोक्तालाई बिजुली भाउ बढ्न नदिने अर्थमन्त्री वाग्लेको घोषणा अलपत्र
-
लुम्बिनीमा तत्काल सरकार सुरक्षित, काठमाडौँ जाँदै मुख्यमन्त्री
-
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपा प्रवास विभागको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण