शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पशुपतिनाथ क्षेत्रबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, २२ फागुन २०७२, १५ : ४०
शनिबार, २२ फागुन २०७२

काठमाडौँ - बागमती सरसफाइ महाअभियानले पशुपतिनाथ मन्दिरको रामघाट तथा त्यस वरपर क्षेत्रबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ ।

महाअभियानले शिवरात्रीको अवसरमा आज त्यस क्षेत्रको नदी तथा त्यस आसपास क्षेत्रको सफाइ गरी फोहर निकालेको हो । यसवर्षको शिवरात्री यही फागुन २४ गते परेको छ ।

बागमती नदीमा विभिन्न किसिमका फोहर तथा रसायन मिसिएर प्रदुर्षण बढ्न थालेपछि विसं २०७० जेठबाट सो महाअभियान सुरु गरिएको थियो । महाअभियान सुरु भएदेखि प्रत्येक शनिबार काठमाडौँ उपत्यकाका बागमतीलगायतका अन्य सहायक नदीसमेत सफा गरिँदै आएको छ ।

महाअभियानको आज १४७ औँ शृङ्खला हो । उक्त कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले मानव सभ्यताको उद्गमस्थल बागमती नदीलाई सबैको सहयोगबाट सफा गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । उक्त कार्यक्रममा सेना, सशस्त्र प्रहरी, प्रहरी, कलाकार तथा विभिन्न सामाजिक सङ्घसंस्थाको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप