सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
सारांश
- निहारिका राजपूत र बिनु यादवले सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएर विरोध जनाएका छन् ।
- गृहमन्त्री सुधन गुरुङसँग आफ्ना समस्या अवगत गराउन खोज्दा अवरोध भएको भन्दै उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी बजाएर प्रतीकात्मक विरोध गरेका हुन् ।
- उनीहरूले आफ्ना मागहरूको उचित सम्बोधन र अनुसन्धान प्रक्रिया अघि नबढेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
काठमाडौँ । निहारिका राजपूत र बिनु यादवले शनिवार सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएका छन् । गृहमन्त्री सुधन गुरुङसँग आफ्ना समस्या अवगत गराउन खोज्दा अवरोध भएको भन्दै उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह ‘घण्टी’ बजाएर प्रतीकात्मक विरोध जनाएका हुन् ।
प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै निहारिका राजपूतले पत्रकार र मेयर हुँदा आफ्नो मुद्दामा साथ दिएका रवि लामिछाने र बालेन्द्र साह अहिले सत्ता र शक्तिमा पुगेपछि मौन रहेको आरोप लगाइन् । पीडितहरूले सिंहदरबार प्रवेशका लागि पास भए पनि प्रहरीले भित्र जान नदिएको र करिब चार घण्टासम्म बाहिरै कुराएको गुनासो गरे । धर्नाका क्रममा प्रहरीसँगको घर्षणमा आफ्ना लुगा च्यातिएको र शारीरिक चोट समेत लागेको उनीहरूको दाबी छ ।
निहारिकाले आफ्नो बलात्कारपछि जन्मिएको बच्चाको डीएनए परीक्षण, मिलापत्र स्वरूप भएको विवाह र त्यसपछि भोग्नु परेको घरेलु हिंसाका बारेमा उल्लेख गर्दै नयाँ सरकारबाट राखेको अपेक्षा निराशामा बदलिएको बताइन् ।
उनीहरूले गृहमन्त्रीले आफूहरूलाई बेवास्ता गर्दै पाँच वर्षीय बालकलाई समेत नाघेर गएको भन्दै आक्रोश व्यक्त गरे । आफ्ना मागहरूको उचित सम्बोधन र अनुसन्धान प्रक्रिया अघि नबढेसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण