संविधान कार्यान्वयन र आर्थिक पूनर्निर्माण नेपाली काँग्रेसको नीति कार्यक्रममा
काठमाडौं – नेपाली काँग्रेसले संविधान कार्यन्वयन र आर्थिक पूनर्निर्माणलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पारीत गरको छ । संविधानको कार्यान्वयन, पूनर्निमाणलाई अभियानका रुपमा अगाडी बडाउने र आर्थिक र सामाजिक परीवर्तनको दिशामा पार्टीलाई क्रिायशिल बनाउने र व्यवसायीक र आधुनिक कृषिका कार्यक्रम मार्फत यूवाहरुलाई आकर्षित गर्ने नीति तथा कार्यक्रम पारित गरेको हो । ‘संविधानलाई सर्वस्विकार्य गर्नका लागि तात्कालिन रुपमा केही काम गर्ने गरी नीति र कार्यक्रम पारीत भएको छ’ प्रचारप्रसार समितिका संयोजक मिनेन्द्र रीजालले भने, ‘भूकम्पपिडीत जनतालाई राहत पु¥याउने कामका लागि प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारलाई आग्रह गर्ने र सहकार्य गरेर जाने छौँ ।’ बजार अर्थतन्त्र दरीलो बनाउने, भौतीक पूजी निर्माणमा जोड दिने, सामाजिक न्याय र आथ्कि बृद्धि विचको सन्तुलन कायम गर्ने, खाद्य सुरक्षा, उर्जा र आधारभूत आवस्यकता पूरा गर्ने नीति कार्यक्रमहरु पार्टीले बताएको छ । काँग्रेसले पोषण र खाद्य सुरक्षा सुनिश्चित गर्न घरघरमा करेसाबारी निर्माणलाई अभियानका रुपमा सञ्चालन गर्ने नीति पारीत गरको छ । नेपाली काँग्रेस गुल्मीका महाधिवेशन प्रतिनीध दामोदर भुसालले आफू क्षेत्रीय सभापति हुँदा तत्कालिन पार्टी सभापति तथा प्रधानमन्त्री शुशिल कोईरालालाई भनेर उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रस्ताव गरेका थियो । सोही कार्यक्रमलाई पार्टीको १३ औँ महाधिवेशनले करेसाबारी फलफूल तरकारी खेती माछापालन जस्ता कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने नीति पारित गरेकोमा खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण