शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रामचन्द्रले भने, ‘मेरो प्रतिस्पर्धा शेरबहादुरसँग मात्र हुन्छ’

शनिबार, २२ फागुन २०७२, १९ : १७
शनिबार, २२ फागुन २०७२

काठमाडौं–नेपाली कांग्रेसका कार्यबाहक सभापती रामचन्द्र पौडेलले आफ्नो प्रतिस्पर्धी शेर बहादुर देउवा मात्र भएको बताएका छन् । राजधानिको भृकुटीमण्डपमा जारी १३ औं महाधिवेशनको बन्दसत्र सकिएपछि पत्रकारसँग कुरा गर्दै सभापतीका प्रत्यासी पौडेलले भने, ‘तपाईहरुलाई साँच्चै भनौं, मलाई विजयउत्सव मनाउने तयारी हुँदै गरेको अनुभुती हुँदैछ, मेरो प्रतिस्पर्धी शेरबहादुर मात्र हुन् ।’ आइतबार हुने नेपाली कांग्रेसको निर्वाचनमा रामचन्द्रको प्रतिस्पर्धीका रुपमा बरिष्ठ नेता शेर बहादुर देउवा र महमन्त्री कृष्ण प्रसाद सिटौला रहेका छन् । बन्दसत्रमा पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । निती तथा कार्यक्रम पारित भएसँगै अब आफू निर्वाचनको प्रचारमा जुट्ने बताएका पौडेलले शनिवार बिहान केही प्रतिनीधहरुसँग भेट्दा आफ्लाई विजयउत्सवको अनुभुती भएको बताए । उनले भने, ‘प्रकाशमानजी र मैले आज केही साथीहरुलाई भेटेका थियौं, उहाँहरु विजयउत्सवका लागी आतुर हुनुहुन्छ ।’ त्यस्तै महाधिवेशन पछि कांग्रेसले सरकारको नेतृत्व दावी गर्ने नगर्नेबारे अहिले कमेन्ट नगर्ने पौडेलले बताए । ‘सरकार बारे कमेन्ट गर्न चाहन्न, अहिले अधिवेशनमा ब्यस्त छु, ‘पौडेलले भने, ‘सरकारको कामप्रति सचेत गराउँदै आएका छौं यसमा अहिले अरु केही भन्नु छैन ।’

महाधिवेशमा प्रस्तुत भएको सवै प्रतिवेदन सर्वसम्मत पारित गर्दै नेपाली कांग्रेको बन्दसत्र सकिएको पौडेलले जानकारी दिए । उल्लासमय वातावरणमा बन्दसत्र सकिएको र तेस्रो बन्दसत्रले निती तथा कार्यक्रम,महममन्त्री र कोषाध्यक्षले पेश गरेको प्रतिवेदन पारित भएको कार्यबाहक सभापती पौडेलले बताए । पौडेलका अनुसार नेतृत्व चयनका लागी आईतबार मतदान हुनेछ । निर्वाचन समितीले मतदानका लागी आवश्यक तयारी गरिसकेको पौडेलले बताए । महाधिवेशनको महत्वपुर्ण काम निती तथा कार्यक्रम पारित भएसँगै कार्यबाहक सभापती पौडेलले सहयोगी, शुभचिन्त, प्रेस, शुरक्षाकर्मि लगायत सवैलाइ धन्यवाद दिएका छन् । देशभर र अन्य मुलुकबाट समेत आएका कांग्रेस प्रतिनीधहरुले महान प्रजातान्त्रिक अभ्यासलाई सफल बनाएको उल्लेख गर्दै पौडेलले भने, ‘सौहार्दपुर्ण बातावरण यस्ता अधिवेशनहरु कमै हुनेगरेका छन् ।’ आईतबार हुने निर्वाचन विधीवत रुपमा सफल पार्ने पौडेलले बताए । बन्दसत्रमा सहभागी महाधिवेशन प्रतिनीधीहरुले अबको देशको नेतृत्वको कांग्रेसले लिनुपर्ने कार्यादेश दिएका छन् । महाधिवेशनपछी सरकार फेर्ने सवालामा कांग्रेसले भुमिका खेल्ने वा नखेल्ने प्रसंगमा पौडेलले भने, ‘नेतृत्व लिने भनेको सरकार फेर्ने मात्र हैन, मधेशको असन्तुष्टि शान्त पार्न पनी हामीले नेतृत्व लियौं अब संविधान कार्यान्वयनका लागी जे गर्नुपर्छ त्यसको नेतृत्व लिन तयार छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप