मन्त्री रावलले प्रश्न गरे, 'सरकार परिवर्तन के का लागि ?'
शनिबार, २२ फागुन २०७२, १९ : ४५
पाल्पा -उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संविधान कार्यान्वयनका लागि सरकारको नेतृत्व परिवर्तन गर्न आवश्यक नरहेको धारणा राखेको छ ।
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको आज तानसेनमा साधारणसभाको उद्घाटन गर्दै उपप्रधानमन्त्री रावलले संविधान कार्यान्वयन गर्न नेपाली काँग्रेस, एमाले र माओवादीको सहयोग र सहकार्य आवश्यक रहेको औँल्याए ।
“नेपाली काँग्रेसको महाधिवेशनपछि सरकार बदल्ने कुरा उठेको छ, सरकार केका लागि परिर्वतन गर्ने हो”– मन्त्री रावलले भने, ‘‘काँग्रेस संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी हुन आवश्यक छ ।’’
वर्तमान सरकार स्थानीय निकायको निर्वाचनका लागि तयारी रहेको र सबै राजनीतिक दल स्थानीयको निर्वाचन गरी जनताको जीवनस्तर माथि उठाउन तयार हुनुपर्ने उनले बताए ।
उपप्रधानमन्त्री रावलले आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिमलगायतका संविधानसभामा सहभागी ९० प्रतिशत संविधानसभाका सदस्यले हस्ताक्षरमा संविधान निर्माण भएकाले यो विश्वकै उत्कृष्ट लोकतान्त्रिक संविधान भएको दावी पनि गरे ।
उनले सेना र गुप्तचरमा समानुपातिक समावेशी नेपालमा मात्रै भएको बताए । उनले संसारका कुनै पनि देशमा सेना र गुप्तचरमा समानुपातिक समावेशी नभएको दावी गरे ।
उपप्रधान तथा पराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा सीमाङ्कनका विषयमा छलफल गर्न सकिने गरी राजनीतिक समिति गठन गरिएको र सो समितिले तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने सरकार तयार रहेको जानकारी समेत दिए ।
सरकार मधेसी दलको मागप्रति गम्भीर रहेको दावी गर्दै मन्त्री रावलले सरकार औपचारिक अनौपचारिक रुपमा समेत वार्ता गरी समस्याको समाधान गर्न लचक र लोकतान्त्रिक रहेको दावी गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण