शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डिसीमा मनाइयो महिला दिवस

आइतबार, २३ फागुन २०७२, ०९ : २९
आइतबार, २३ फागुन २०७२

वाशिंगटन डिसी –उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ नेपाली सामाजिक संस्था अमेरिका नेपाली सोसाइटीले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष शैलीमा आयोजना गरि नौलो उदाहरण प्रस्तुत गरेको छ । डिसी क्षेत्रमा हरेक बर्ष अमेरिका नेपाल महिला संघले आयोजना गर्दै आएता पनि यसपाली डिसी महानगर क्षेत्रको अग्रणी संस्था अमेरिका नेपाल सोसाइटीले उछिनेको हो ।

कार्यक्रममा संस्था कि यशोदा भण्डारीले कार्यक्रम संचालन गरेकी थिइन् । मन्तब्य दिने क्रमममा मनासस शहरका परिषदका परिषद सदस्य मार्क टी एवेनीले महिला दिवसको शुभकामना दिँदै अमेरिका अवसरको भुमि रहेको बताए ।

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरुले अमेरिकामा आफुले भोगेका समस्या, अनुभव, अनुभूति, सामना गरिनु परेका कठिनाई, उपलब्धि आदि बिषयमा विचार प्रस्तुत गरेका थिए ।

महिला वक्ताहरुमा क्रमस माधवी बस्नेत कार्की, मंजु संग्रौला, बन्दिता दाहाल, ​प्रभा ​देउजा, मन्दिरा मैनाली, सरिता कट्टेल आचार्य, निलु उप्रेती, कल्पना भण्डारी, सुनिता अमात्य, सबिना खनाल, अस्मिता अधिकारी ढकाल, प्रज्ञा अधिकारी, चारु मल्ल ,अर्बिना श्रेष्ठले आफ्ना अनुभवहरु पोखेका थिए । महिला ब्यबसायिक भेटघाट सामाजिक संजाल, एएनएस नामकरण गरिएको उक्त कार्यक्रममा संस्थाका सभापति जीवन तिवारीले स्वागत को साथै सहभागीलाई धन्यबाद दिएका थिए ।

संस्थाका महासचिब प्रेम पौडेलले संस्थाका आगामी कार्यक्रम बारेमा जानकारी गराएका थिए भने संचार निर्देशक सुजित अर्यालले संस्थाको कार्यक्रमलाई सामाजिक संजाल तथा सूचना मार्फत समुदायमा पुर्याएकोमा सबैलाई धन्यबाद दिएका थिए ।

उक्त कार्यक्रममा नेपाली समुदायका बिभिन्न संघ तथा संस्थाको तर्फबाट जन सम्पर्क समिति भर्जिनिया शाखाका सभापति राम शरण हुमागाई, अमेरिका नेपाल सहयोगी समाजका पदम रेग्मी, अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष प्रेम संग्रौलाले पनि मन्तब्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप