शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एउटै स्क्रुड्राइभरको मद्दतले ४ दिनमै यसरी बन्छ नयाँ घर

आइतबार, २३ फागुन २०७२, ११ : १९
आइतबार, २३ फागुन २०७२

पेरिस – फ्रान्सको आर्टिटेक्चर कम्पनी मल्टिपोड स्टुडियोले ४ दिनमै बन्ने नयाँ घर निर्माण गर्न थालेको छ । केवल एउटा स्क्रूडाइभर प्रयोग गरेका भरमा यो घर फिट गर्न सकिन्छ । यसअघि सन् २०१४ मै पपअप घरको डिजाईन यस कम्पनीले सार्वजनिक गरेको थियो । तर कम्पनीले फेरि गत महिना केही मिडिया आउटलूकहरु सार्वजनिक गर्दै यसलाई प्रचारमा ल्याउन खोजेको छ । पपअप हाउस प्रोटोटाइप १ हजार ६ सय १४ स्क्वायर फूटको संरचना हो । यसमा लिभिङ रुप किचेन, डाइनिङ एरिया र टेरेस जोडिएको हुन्छ । यसमा दुई वाथरुम, एक अफिस, मास्टर बेडरुम र अन्य दुई साना बेडरुम समेत हुन्छ । पुराना घरहरुभन्दा फरक नदेखिएपनि यसको निमार्ण समय भने आश्चर्यलाग्दो छ । ४ दिनमै एउटा इलेक्ट्रिक स्क्रूड्राइभरको भरमा यो घर तयार हुन्छ । प्रतिस्क्वायरमिटर बराबर १ हजार २ सयदेखी १९ सय अमेरिकी डलर तिरेपछि कम्पनीले जुनसुकै ठाउँमा पनि घर फिट गरिदिने बताएको छ । ‘यो घरको विशेषता भनेकै जस्तोसूकै जग्गामा पनि यसको निमार्ण गर्न सकिने हो ।’– मल्टिपोड स्टुडियोले जनाएको छ । अहिले फ्रान्समा मात्रै यस्तो घर निमार्ण गरिएको छ । तर कम्पनीले छिट्टै अमेरिका र बेलायतमा पनि यस्तो घर बनाउने बताएको छ । सस्तोमा बनाउन सकिने यस घर वातावरणमैत्री तथा दिगो हुने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप