सिटौलाले भने, ‘हिजैको मतको आधारमा विजेता घोषणा गरौं’
सोमबार, २४ फागुन २०७२, १५ : ३७
काठमाडौं – पहिलो चरणको मतदानबाट सबैभन्दा कम मत प्राप्त गरी सभापतिको रेसबाट बाहिरिएका कृष्णप्रसाद सिटौलाले हिजो खसेको मतको आधारमा सभापतिको घोषणा गर्न सुझाव दिएका छन् । उनले विज्ञप्ति मार्फत दोस्रो चरणको मतदानमा प्रवेश नगर्न सुझाव दिएका हुन् । पार्टीलाई गुटबन्दीबाट अन्त्य गर्न दोस्रो चरणको निर्वाचन हुने स्थिति रोक्न अपिल गरेका छन् । 'दोस्रो चरणको मतदानमा प्रवेश गर्नु अगावै हिजो व्यक्त मतको समेत सम्मान गर्दै पार्टीभित्र सबैको भावना समेट्ने अवस्था सुनिश्चित गर्न सकियो र मतदान गर्ने अवस्था आएन भने महाधिवेशनबाट सकारात्मक सन्देश प्रवाह हुन सक्छ भन्ने मेरो विश्वास छ,' – विज्ञप्तिमा भनिएको छ । ३२४ मत ल्याएका सिटौला प्रतिस्पर्धाबाट बाहिरिएका छन् भने दोस्रो चरणको शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच २ बजे मतदान हुने भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण