यसकारण देउवाको जीत सुनिश्चित
सोमबार, २४ फागुन २०७२, २० : ००
ठ्याक्कै उत्कर्षमा पुगेको भारत–पाकिस्तानको टेष्ट क्रिकेटमा अचानक पानी परेझैं भयो–कांग्रेस सभापतिको मतगणना परिणाम । अग्रता त थियो नै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाको । त्यसमाथि ‘फलो अन’मा पर्नेसम्मको छाँटकाट देखिएको थिएन प्रत्यासी रामचन्द्रको । त्यही परिवेशबीच नपुग ११ मतले अविरल झरीको काम ग¥यो र त्यो शृङ्खलालाई रद्द गरायो ।
सभागृहको टेष्ट सानेपा सर्दैछ केही बेरमा । सबैको चासो बढेको छ । यद्यपि बढी चिन्तामा छन् देउवा । निरास र हतप्रभ बनेका छन् पौडेल । दुवैको खोजी जीतको हो । तर, ‘क्युरेटर’का रूपमा उभिएका कृष्ण सिटौलाले ‘पीच’ कस्तो बनाउने हुन ? सबै कांग्रेस र उनीहरू सँगै मुलुककै खोजी यसतर्फ सोहोरिएको छ ।
देखिएको प्रथम चरणको नतिजा अनुरुप सिटौलाले जतिसुकै ‘बाउन्स’ हुने पीच बनाए पनि ‘देउवा पक्षधर–विकेट’ नझारेसम्म पौडेलको जीत सम्भव छैन । खासगरी पौडेल र सिटौला दुवैले पाएको मत र देउवा पक्षधरमा बदर भएको अभिमतले यही तथ्य प्रष्ट्याउँछ । पौडेलले के र कसरी देउवा पक्षको मत तान्लान ? उत्सुकता यसतर्फ कम र बढी चर्चा देउवाले आफ्ना अभिमतलाई थोरै सुदृढ कसरी बनाउँछन् ? त्यसतर्फ नै बढी छ ।
कांग्रेसी कार्यकर्ता र नेताहरूले उत्सुकताको अर्थसँगै परिवर्तित कांग्रेस र त्यसको पक्षमा मतदान गरेका हुन् । प्राविधिक र विधान–व्याख्याको दृष्टिले मात्र देउवाले ‘मेडल’ लाई घाँटीमा लगाउन नपाएका हुन् । समावेशी खोजी र निर्णायक आत्मशक्तिका कारण देउवाले दर्शक, खेलाडी र सबैको मनसँगै मत जितेका थिए । खेल निर्णायक बन्दै गर्दा अहिलेको परिस्थिति सिर्जित भयो ।
अब के ?
कुरो अंक गणितको रहेन अब । जीत सुनिश्चित देखिएको छ, देउवाको । खासगरी पौडेल र उनको टिमका खातिर लामो समयदेखि अनुकूल पीच बनाइरहेका सिटौलाले के गर्छन ? भन्ने प्रश्न माथि प्रश्न खडा भएको छ यतिखेर । शान्ति प्रक्रिया, संविधान निर्माणदेखि कार्यान्वयन तहसम्म पार्टी र कोइराला पक्षधरमाझ ठूलै योगदान पु¥याएका सिटौलाको अवमूल्यन पौडेलहरूले गरेका कारण यो परिदृश्य देखिएको हो । यस दृष्टिले सिटौलाले आफ्नो अवमूल्यन र आफूप्रतिको अपदृष्टिलाई सहज बिर्सेर पौडेलसँग ‘म्याचफिक्सिङ’ गर्छन भन्ने कसैले सोच्नसम्म नसक्ने तथ्य हो । र, उनले यस्तो आत्मघाती कदम पक्कै चाल्ने छैनन् ।
राजनीति र क्रिकेट फरक चिज हो । तर बिम्ब र चरित्र मिल्छ नै । पार्टी र यसको कथित संस्थापकीय धारलाई माथि उठाउन विगतमा अहोरात्र रन बनाएका सिटौलालाई गाल्न रामचन्द्र प्रवृतिले हिजो कसरी ‘वाईड–बल’ फालेको थियो, त्यो उनले बुझेको हुनै पर्छ । आफ्नो उपसभापतिको मनोनयनलाई अनुमोदन गर्न पौडेलले कसरी सिटौलाको महामन्त्री पदको मनोनयनलाई सात÷आठ महिनासम्म विवादास्पद बनाएका थिए ? त्यो भलीभाँती सिटौलालाई ज्ञात नै छ । त्यसैले सिटौलाका लागि अहिलेको यो अवसर आफू र आफ्नालाई स्थापित गराउने त्यस्तो सुवर्ण मौका हो जहाँबाट उनले आफूलाई ‘क्यूरेटर’को भूमिकाबाट माथि उठाउँदै नयाँ टिमको ‘कप्तान’ रूपमा स्थापित गराउन सक्नेछन् ।
यसैबीच पानी परेर रोकिएको खेलपछिको अवस्था र आफ्नो भूमिकालाई बुझेर सिटौलाले पार्टी र देउवा पक्षमा अभिव्यक्त मतको कदर गर्दै अघि बढ्ने जुन प्रण यतिखेर सार्वजनिक गरेका छन् त्यो प्रसंसनीय र स्वागतयोग्य देखिएको छ । यहींनेरबाट उनको नविन यात्रा थालनी हुने विश्वास गर्न सकिन्छ । यो दृश्यले देउवाको जीत सुनिश्चित पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण