संयुक्त सैन्य अभ्यासको उत्तर कोरियाद्वारा कडा विरोध
सोल– दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो मात्रामा संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।
दक्षिण कोरियामा सुरु भएको सो सैनिक अभ्यासले उत्तर कोरिया चिढिएको बताइएको छ । उत्तर कोरियाले यस अभ्यासपछिको प्रतिक्रिया दिँदै थप आणविक परीक्षणको चेतावनी समेत दिएको जनाइएको छ ।
यस्तो सैन्य अभ्यास दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले वर्षेनी गर्ने गरेका छन् । सो परीक्षणले कोरियाली प्रायद्वीपमा वर्षेनी तनाव थप्ने गर्दछ ।
अमेरिका र दक्षिण कोरियाको यस संयुक्त सैन्य अभ्यासले पछिल्लो समयमा तनावमा रहेको यस देशलाई थप भड्काएको बताइन्छ ।
उत्तर कोरियाले हालैमात्र गरेको लामो दुरीको रकेट परीक्षण र त्यसपछि उसका विरुद्धमा संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीपछि यो संयुक्त सैन्य अभ्यास थालिएको छ ।
उक्त अभ्यासमा कम्तीमा पनि ३० हजार जना दक्षिण कोरियाली र करिब १५ हजार अमेरिकी सैनिक सहभागी रहने छन् ।
उक्त सैनिक अभ्यास सुरु हुनुभन्दा केही समयअघि प्रकाशन गरेको विज्ञप्तिमा उत्तर कोरियाली राष्ट्रिय सुरक्षा परिषदले यो सैनिक अभ्यास सैनिक आक्रमणको तयारी हो भन्दै त्यसको रक्षात्मक अवस्थाका लागि उत्तर कोरिया सधैँ तयार रहेको बताएको छ ।
यस सैनिक अभ्यास उत्तर कोरियाको सम्प्रभुताबिरुद्धको अभ्यास भएको भन्दै यसका कारण उत्तर कोरिया डराउने नभई थप शक्तिका लागि तयारी गर्ने धारणा पनि उत्तरले राखेको छ ।
उत्तर कोरियाले पछिल्लो समयमा गरेको सो रकेट परीक्षणका विरुद्धमा हालैका दिनमा विश्वव्यापी रुपमा विरोध भएको छ । सोही विरोधस्वरुप संयुक्त राष्ट्रसंघले पनि नाकाबन्दीको घोषणा गरेको हो ।
सो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा भएको भनिएकोले उत्तर कोरियाले त्यसको व्यापक मात्रामा विरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण