इन्टेरनेटको पहुँच नहुँदा लगत सङ्कलनमा कठिनाइ
बनेपा–काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्रका झन्डै १८ गाविसमा इन्टरनेटको सहज पहुँच नहँुदा लगत सङ्कलनमा कठिनाइ देखिएको छ ।
जिल्लाको महाभारत डाँडापारीका गोकुले, मिल्चे, साल्धारालगायतका ११ गाविस, कोसीपारीका बेखसिम्ले, नार्गेगगर्चे, चौबासलगायतका केही गाविस, तिमाल क्षेत्रको मेच्छे, कुरुवासचापाखोरीलगायत र रोसी क्षेत्रको भिमखोरीलगायतका गाविसमा त्यस्तो कठिनाइ देखिएको जिल्ला तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत दिनानाथ लम्सालले जानकारी दिए ।
‘डाँडापारीका गाविसमा तत्काल के गर्ने भन्ने विषयमा निर्णय गर्न सकेका छैनाँै तर अन्य केही स्थानका गाविसमा इन्टरनेटको पहुँच भएको ठाउँमा बेलुका पुगेर पनि तथ्याङ्क राख्ने गरेका छौं’ उनले भने ।
जिल्लामा भूकम्पबाट संरचनामा भएको क्षतिबारे लगत सङ्कलन गर्न माघ १४ गतेदेखि इन्जिनियरसहितको २०६ टोली परिचालन भएको छ । टोलीले पहिलो चरणको लगत सङ्कलनको ९० प्रतिशत काम पूरा गरेको समेत लम्सालले जानकारी दिए ।
उहाँले अहिलेसम्म २४ हजार ७९० घरपरिवारको लगत सङ्कलन भएको उल्लेख गर्दै दोस्रो चरणको ५० र तेस्रो चरणको २५ प्रतिशत काम पूरा भएको बताए ।
तथ्याङ्क सङ्कलनका क्रममा विस्थापित भएको र भूकम्पअघि नै घर छोडेको पनि पाइएको छ तथ्याङ्क अधिकृत लम्सालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण