पौडेललाई जिताउन ४१ जिल्ला सभापतिहरुको संयुक्त अपील
काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार रहेका रामचन्द्र पौडेललाई जिताउन ४१ जिल्लाका सभापतिहरुले संयुक्त अपिल जारी गरेका छन् । पहिलो चरणको निर्वाचन अनिर्णित बनेपछि शेरबहादुर देउवा र पौडेलबीच सोमबार दोस्रो चरणको निर्वाचन हुँदैछ । पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत संघर्ष गरेको, लोकतन्त्रको मूल्यमा कहिल्यै कसैसँग पनि कुनै प्रकारको सम्झौता नगरेको निष्ठाको राजनीति र समाजवादका एक अथक योद्धा रहेको भन्दै जिल्ला सभापतिहरुले विज्ञप्ति नै जारी गरेर उनलाई जताउन अपिल गरेका हुन् । ‘सुदृढ संगठन, नीतिगत र वैचारिक प्रखरता, राजनीतिमा असल संस्कृतिको पुनर्जागरण र भागवण्डाको राजनीतिलाई अन्त गर्दै पार्टीको संस्थागत विकास एवम पार्टीमा हार्दिक एकताको वातावरण निर्माण गर्न रामचन्द्र पौडेलको विजयलाई अनिवार्य ठान्दै सोही मुताविक मतदान गर्न सवै महाधिवेशन प्रतिनिधि साथीहरुमा हार्दिक अपिल गर्दछौ,’ विज्ञप्तिमा भनिएको छः रामचन्द्र पौडेललाई समर्थन गर्ने जिल्ला सभापतिहरुको नामावली १. श्री संजय गौतम वर्दिया २. हिमालय कर्माचार्य इलाम ३. किरण कोइराला बाँके ४.भेषबहादुर पौडेल लम्जुङ ५. जित नारायण श्रेष्ठ चितवन ६. नरेशकुमार श्रेष्ठ खोटाङ ७ . खड्गबहादुर शाही मुगु ८ लिला बोखिम ताप्लेजुङ ्९. गणेश चन्द सल्यान १०. प्रेमप्रकाश वली रुकुम ११. उज्वलप्रसाद वराल सिंधुली १२. अमरप्रसाद भण्डारी प्युठान १३ बैकुण्८ न्यौपाने तनहुँ १४ दिप बहादुर शाही जुम्ला १५ राविजव कोइराला सुनसरी १६ रमेश धमला धादिङ १७. नरेन्द्रसिंह थापा बैतडी १८. कमलराज रेग्मी सुर्खेत १९ गोविन्दप्रसाद ढुंगाना तेह्रथुम २० कृष्णबहादुर विसी दैलेख २१ नरेन्द्र केरुङ पाँचथर २२. विदुर बस्नेत उदयपुर २३. दिपकजंग साह जाजरकोट २४. विनोद बस्नेत सोलुखुम्बु २५ मधुप्रसाद आचार्य काभ्रेपलाञ्चोक २६. कृष्णबहादुर केसी कास्की २७ सुरेन्द्र्रराज आचार्य कपिलबस्तु २८. अमरर्सिंह पुन रोल्पा २९ नन्दमणि राई भोजपुर ३० तारामान गुरुङ संखुवासभा ३१. कृष्ण (सबुज)बानियाँ काठमाडौं ३२. विष्णुप्रसाद खनाल (मुस्कान) अर्घाखाँची ३३. भूवनप्रसाद श्रेष्ठ गुल्मी ३४ विरबहादुर राना पाल्पा ३५. याङ्जिङ विष्ट मुस्ताङ ३६ ललितसिंह बोहोरा दार्चुला ३७. गम्भीर खर्बुजा म्याग्दी ३८. सितादेवी यादव सिरहा ३९ विष्णुप्रसाद लामिछाने नवलपरासी ४० हर्सबहादुर बम कालिकोट ४१. ट्रकप्रसाद उपाध्याय डोल्पा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण