शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कता जाला सिटौलाको ३ सय २४ मत ? : मतदान गर्न सिटौलाको अपिल

सोमबार, २४ फागुन २०७२, १५ : १४
सोमबार, २४ फागुन २०७२

काठमाडौं – पहिलो चरणको निर्वाचनमा तेस्रो बन्दै सभापतिको दौडबाट बाहिरिएका कृष्णप्रसाद सिटौलाले केही घण्टाको अन्तरालमा दुई विज्ञप्ति जारी गर्दै महाधिवेशन प्रतिनिधिहरुलाई दोस्रो चरणको निर्वाचनमा भाग लिन अपिल गरेका छन् । अनिर्णित बनेको पहिलो चरणमा ३ सय २४ मत ल्याएका सिटौलाको मतलाई दोस्रो चरणको निर्वाचनमा निर्णायक मानिएको छ । बिहान पहिलो विज्ञप्ति जारी गर्दै हिजोको मतको आधारमा सहमतिमा सभापति चयन गर्न आग्रह गरेका सिटौलाले सहमति नभएको भन्दै मतदान गर्न महाधिवेशन प्रतिनिधिहरुलाई दोस्रो विज्ञप्ति मार्फत अपिल गरेका हुन् । यसबीच सभापतिका बाँकी दुई प्रत्यासी रामचन्द्र पौडेल र शेरबहादुर देउवा दुवैले सिटौलालाई फकाउने प्रयास गरेका थिए । उनले मतदानमा भाग लिन अपिल गरेपछि अब उनको मत कता जाला भनेर धेरैले चाँसोका साथ हेरेका छन् । पहिलो चरणको मतदानमा शेरबहादुर देउवाले आवश्यक १५ सय ७५ मध्ये १५ सय ६४ मत ल्याएका थिए भने रामचन्द्र पौडेलले ११ सय ६० मत मात्र ल्याएका थिए । हिजो खसेको ३१ सय ४८ मत मध्ये १ सय मत बदर बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप