शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सरकार दलालको जालोमा पर्यो : जर्नादन शर्मा

सोमबार, २४ फागुन २०७२, १५ : २५
सोमबार, २४ फागुन २०७२
कालिकोट – एमाओवादी प्रदेश नंम्बर ६ का इन्चार्ज जनार्दन शर्माले बर्तमान सरकारले जनताले चाहेको जस्तो काम गर्न नसकेको बताएका छन् । नेता शर्माले बर्तमान सरकारलाई काम गर्न नदिने सरकारी उच्च पदस्थ कर्मचारी र दलालहरु रहेको बताएका हुन् । ‘प्रधानमन्त्रीले बोलेको कुरा लागु हुदैँन,’ कालिकोटमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने,–‘दलालहरुको जालोले नेपाललाई यसरी खाएको छ की प्रधानमन्त्रीले बोलेका कुरा समेत लागु हुदैँनन् ।’ अहिले आवश्यकता राष्ट्रिय सरकार भएकोले आफुहरुले राष्ट्रिय सरकार बनाउन पहल समेत गरेको नेता शर्माले बताए । पूर्व शान्ति मन्त्रीसमेत रहेका शर्माले कर्णाली सुनको डल्ला भएको र यसलाई समृद्ध बनाउन कुशल कालीगढको आवश्यकता रहेको बताए । ‘कर्णाली सुनको डल्ला हो ।’ उनले भने, ‘यो सुन डल्लालाई फोडेर समृद्ध बनाउने कुशल कालिगढको आवश्यकता रहेको छ ।’ उनले प्रदेश नं. ६ लाई समृद्ध बनाउन कर्णाली करिडोर र भेरी करिडोर निकै महत्वका रहेका यसै आसपासमा लगानी गरेर विकास गर्न सकिने बताए । ‘कर्णाली करिडोर भेरी करिडोर राष्ट्रिय महत्वका आयोजना हुन् ।’ उनले भने,–‘यी करिडोरलाई आधार बनाएर विकास ढोका खोल्न सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप