शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

होलीमा ‘डिजेवाले बाबु’ का र्‍यापर बादशाह नेपाल आउने

सोमबार, २४ फागुन २०७२, १५ : ३४
सोमबार, २४ फागुन २०७२
काठमाडौं - बलिउड र्‍यापर तथा पाश्र्व गायक बादशाह आउँदो फागु पूर्णिमामा काठमाडौंका दर्शक माझ हुनेछन् । उनले यस पटक काठमाडौंका आफ्ना फ्यानहरुसँग रङ खेल्दै उनीहरुलाई नचाउँदै होली मनाउने भएका छन् । नाजी इन्टरटेन्मेन्टको मुख्य आयोजना र युहान इन्टरनेशनल इभेन्टस्को सह आयोजनामा हुने ‘बादशाह लाईभ इन नेपाल’ म्युजिक कन्सर्टमा उनी नेपाली प्रसँसक माझ प्रस्तुत हुनेछन् । डिजेबाले बाबु...., अभि तो पार्टी सुरु हुई हे..., अक्कड बक्कड बम्बे बो..., आज रातका सिन बनाले... जस्ता सैयौ हिट गीत दिईसकेका बलिउड र्‍यापर तथा पाश्र्व गायक बादशाह आउँदो चैत्र ९ गते काठमाडौंको सानो गौचरणमा प्रस्तुत हुनेछन् । बिहान १० बजेदेखि बेलुका ४सम्म ‘बादशाह लाईभ इन नेपाल’ कन्सर्ट आयोजना गरिने आयोजक नासिर हुसेनले जानकारी गराए । नेपालमा बादशाहको पछिल्लो समय अत्यन्त माग भएकाले उनलाई नेपालमा ल्याउन लागेको पनि उनले जानकारी गराए । यस्तै व्युटी पेजेन्ट र मोडलिङ कन्टेष्टमा आफ्नो छुट्टै पहिचान बनाईसकेको युहानले यो कार्यक्रमबाट म्युजिक कन्सर्टमा हात हाल्न लागेको युहानका प्रबन्ध निर्देशक सानु खानले जानकारी गराए । यो कन्सर्टमा नेपालका चर्चित गायका गायिकाहरुको पनि प्रस्तुति रहने युहानकी अध्यक्ष सञ्जिता श्रेष्ठ र नासिर हुसेनले जानकारी गराए । श्रेष्ठ र हुसेनका अनुसार फागु पूर्णीको अबसर भएकाले सानो गौचरणमै रँगले भरिएको पानी ट्याँकरकै व्यबस्था गरिनेछ । यस्तै सोही स्थानमा आवस्यक फुड स्टल, बारको पनि ब्यबस्था गरिनेछ । सो स्थानमा पूर्ण सुरक्षाको बन्दोबस्तीसँगै अन्य आबस्यक सेवाहरु उपलब्ध हुने पनि श्रेष्ठ र हुसेनले जानकारी गराए । कार्यक्रममा सहभागी हुनेका लागि ३ हजार रुपैयाँ मूल्यको भिआईपी टिकेट र एक हजार रुपैयाँको प्लाटिनियम टिकट व्यबस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप