क्रान्तिकारीद्वारा सहिद परिवारको सम्मान
ताप्लेजुुङ - एमाओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङले सहिद परिवारजनलाई सम्मान गरेको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा प्रदेश नं. १ का इन्चार्ज चिरञ्जीवी लामिछानेको उपस्थितिमा सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमको आयोजना गरी सहिद परिवारलाई सम्मान गरिएको हो । माओवादी जनयुद्धको समयमा यस जिल्लामा सहिद भएका परिवारमध्ये थेचम्बु २ का वीरेन्द्र मेन्याङ्बो, खोक्लिङ ३ की अम्विका थापा, मामाङ्खे ३ का तान्छोहाङ माबो लिम्बु लगायत दर्जनौ परिवारका आफन्तजनलाई सम्मान गरिएको छ । सहिद परिवारजनलाई अखिलका प्रदेश नं. १ का इन्चार्ज लामिछानेले खदा र दोसल्ला ओढाएर साथै सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको अखिल क्रान्तिकारीका जिल्ला संयोजक प्रजिन हाङ्बाङले जानकारी दिए । माओवादीले यहि फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह देशव्यापी रुपमा सहिद परिवारको सम्मान लगायतका विभिन्न कार्यक्रम गरी मनाएको र आफ्नो संगठनले भने विद्यार्थी सहिद बेनोज अधिकारीको स्मृति दिवसको अवसर पारेर सहिद परिवारको सम्मान गरिएको हाङ्बाङले बताए । हाङ्बाङका अनुसार अखिल क्रान्तिकारीका तत्कालीन केन्द्रीय उपाध्यक्ष अधिकारीले २०५८ फागुन २४ गतेका दिन सहादत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण