शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोइला खानीमा भएको दुर्घटनामा बाह्रको मृत्यु

सोमबार, २४ फागुन २०७२, १७ : ०१
सोमबार, २४ फागुन २०७२

बेइजिङ - चीनमा उत्तरपश्चिमी एक क्षेत्रमा कोइला खानीमा भएको दुर्घटनामा परी कम्तीमा पनि १२ व्यक्तिको मृत्यु भएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले सोमबार दिएको जानकारीअनुसार सो क्षेत्रमा यसअघि पनि पटकपटक यस्तो दुर्घटना भएको थियो ।

चीनको उत्तरपश्चिमी प्रान्त जीलिनमा रहेको बैसान कोइला खानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत १२ जना कामदारको मृत्यु भएको चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जनाएको छ ।

यस दुर्घटनाबाट एक जनामात्र व्यक्तिको उद्धार गर्न सफल भएको र दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ ।

चीन कोइाला उत्पादनमा विश्वकै एक ठूलो देश हो । सन् २०१४ मा चीनमा भएको कोइला खानी दुर्घटनामा ९३१ व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख रहेको जनाइएको छ ।

सरकारी तथ्याङ्कअनुसार कोइलाखानी दुर्घटनामा हुने गरेको हताहतीमा कमी आएको जनाइएको छ । तर मानवअधिकारी समूहहरुको अनुसार भने यो सङ्ख्या बढ्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप