शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रार्थना नगरेको भन्दै आईएसआईएसद्वारा १६ वर्षे किशोरलाई फाँसी

सोमबार, २४ फागुन २०७२, १८ : ०३
सोमबार, २४ फागुन २०७२

एलेप्पो – आईएसआईएसका उग्रवादीहरुले प्रार्थनासभामा सहभागि नभएको भन्दै १६ वर्षका किशोरलाई फासी दिएका छन् । सिरियाको उत्तरी एलेप्पोस्थित जाराब्लुस शहरमा उनलाई आईएसआईसका लडाकूहरुले पक्राउ गरेका थिए । उनी शुक्रबार प्रार्थनासभामा उपस्थित थिएनन् । त्यसैको सजायस्वरुप पक्राउ गरेको २४ घण्टाभित्र आईएसआईएसका लडाकूहरुले उनलाई मृत्युदण्ड दिए । उनलाई सबैका अगाडी झुण्डाइएको र आईएसआईएसका लडाकूहरुले अन्य व्यक्तीलाई पनि मस्जिदमा हुने प्रार्थना नछुटाउन चेतावनी दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सिरियाको जाराब्लुस शहर सन् २०१३ देखि आईएसको नियन्त्रणमा छ । मानवअधिकारवादी नसिर ताल्जविनीले एनआरए न्युजलाई अन्तरवार्ता दिदैँ उनलाई शनिबार आईएसले फासी दिएको बताएका छन् । एक प्रत्यक्षदर्शीले नाम नखुलाउने शर्तमा भनेका छन्–‘ झुण्डाइनुअघि एक सारिया अधिकारीले आईएस सारिया अदालतले जारी गरेको विज्ञप्ती पढेका थिए । उनले प्रार्थनामा सहभागि नहुने सबैले यस्तै दण्ड पाउने बताए ।’ आईएसले आफ्नो कब्जामा रहेको यस क्षेत्रको मस्जिदमा प्रत्येक साता शुक्रबार प्रार्थना राख्ने गरेको छ । त्यतिबेला समूदायका सबै उपस्थित भएर प्रार्थना गर्छन् । यसअघि आईएसका सैन्य लडाकूले एक १२ वर्षकी बालिकालाई अन्य महिलाहरुलाई गोली हान्न प्रयोग गरेका थिए । स्रोत भन्छ– ‘बिहान एक १२ वर्षकी बालिकाले ५ महिलालाई गोली मानिन् । त्यसमध्ये एक डाक्टर पनि थिइन्, जसले आइएसको सदस्यता लिन इन्कार गरिन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप