उत्तर कोरियाले दियो अमेरिका र दक्षिण कोरियालाई अर्को धम्की
सोमबार, २४ फागुन २०७२, १८ : १०
प्योङयाङ – अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास सुरु गरेपछि उत्तर कोरियाले न्यूक्लियर हमाला गर्ने धम्की दुबै देशलाई दिएको छ । यस अभ्यासबाट जोगिनका लागि उत्तरले तयारी अवस्थामा बस्ने विज्ञप्तीमा जनाएको छ ।
यसअघि पनि उत्तर कोरियाले पटक–पटक अमेरिकालाई धम्की दिदैँ आएको थियो । तर अहिले परिस्थिति फरक रहेको छ ।
उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले मिलेर आक्रमणका लागि वार्षिक योजना बनाइरहेको जनाएको छ । यसअघि गत वर्ष पनि उत्तरले वासिङटनलाई चेतावनी दिएको थियो । ‘अमेरिका र यसका सहयोगीलाई काउन्टर दिन हामी आक्रामक रुपमा प्रस्तुत हुनेछौ ।’ उत्तर कोरिया सरकारी च्यानलले अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासका विषयमा भनेको छ । केही दिन अघि नेता किमले सबै आणविक हतियार तयार राख्न आफ्नो सेनालाई निर्देशन दिएका थिए ।
अहिले झन्डै १७ सय अमेरिकी सुरक्षाकर्मी झन्डै ३ लाख दक्षिण कोरियाली सुरुक्षाकर्मीसँगै अभ्यासमा व्यस्त छन् । २०१५ को तुलनामा यो संख्या निकै बढेको छ । यो १८ मार्चमा समाप्त हुनेछ । त्यस्तै फोल इगल फिल्डमा गरिने अभ्यास अप्रिल ३० मा मात्रै यो समाप्त हुनेछ ।
दक्षिण कोरियाको रक्षामन्त्रालयले प्योङयोङलाई कुनै पनि अवरोध सिर्जना नगर्न भनेको छ । समस्या सिर्जना गरे उत्तरमै विध्वंश मच्चिने बताएको छ । ‘यदी उत्तरले हाम्रो चेतावनीलई वेवास्ता ग¥यो भने हाम्रा सैनिकहरुले त्यसको गतिलो प्रतिरोध गर्नेछन्,’– प्रवक्ता मोन साङले भनजेका छन् । जापानका विदेशमन्त्रीले उत्तर कोरियालाई नियन्त्रणमा बस्न चेतानवी दिएको छ । ‘उत्तर कोरियाको आणविक अतियार र मिसाईलको विकास स्विकार्य छैन । हामी अन्तर्राष्ट्रिय समूदायसँग उत्तर कोरियाले यस्तो काम बन्द गर्नुपर्ने माग गर्छौ । वार्ताबाट यसको समाधान निकाल्नुपर्छ ।’
दक्षिण कोरियाको एक समाचार एजेन्सीले सैनिक स्रोतको हवाला दिदैँ उत्तर कोरियाको नेतृत्व तथा यसका न्यूक्लियर र मिसाईलविरुद्ध भिड्ने तयारी अभ्यासका क्रममा भएको जनाएको छ ।
पछिल्लो न्युक्लियर टेस्ट तथा रकेट परिक्षणपछि संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको थियो । यस प्रतिबन्धपछि कुनै पनि देशले उत्तर कोरियासँग हतियार किन्न पाउदैनन् । त्यसको केही दिनमै दक्षिण कोरिया र अमेरिकाले मिलेर सैनिक अभ्यास थालेका हुन् । उत्तर कोरियाले प्रतिबन्धपछि जवाफ फर्काउदै आफ्नै सुरक्षाका लागि हतियार बनाएको जनाएको छ । दक्षिण कोरियाले मंगलबार उत्तर कोरियामाथि अन्य थप प्रतिबन्ध लगाउने बताइएको छ, जसका कारण प्योङयोङ रुष्ट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण