रणवीरसँग अझै रुष्ट सलमान
मुम्बई – सलमान खान र रणवीर कपूरबीच सम्बन्ध बिग्रिएको धेरै वर्ष भयो । रणवीरले कैट्रिना कैफसँग डेटिङ थालेपछि दुई स्टार अभिनेताबीच सम्बन्ध बिग्रिएको थियो । कैट्रिना सलमानकी पूर्वप्रेमिका हुन् । त्यसपछि यी दुई अभिनेता कहिल्यै कुनै चलचित्रमा एकसाथ देखिएका छैनन् । स्क्रिनबाहिर पनि कैट्रिनाकै कारण उनीहरुको सम्बन्ध राम्रो छैन । कैट्रिनाले रणवीरसँगको ब्रेकअपपछि सलमान खानले चलाउने शो बिग बोसको फाइनलम उपस्थिती जनाएकी थिइन् । कैट्रिनाको यो कदमपछि सलमान र रणवीरबीचको सम्बन्ध थप बिग्रिएको छ । कैट्रिनासँगको ब्रेकअपपछि रणवीर अझै दुःखमै छन् । यसैबीच एक सञ्चारमाध्यमले बिहेका दौरान रणवीर र सलमान खानबीच भेटघाट हुने तय भएपछि उनीहरुले एक अर्कालाई नभेटेको उल्लेख गरेको छ । एउटा विवाह समारोहमा रणवीर पुगेका थिए, जहाँ सलमानलाई पनि बोलाइएको थियो । तर रणवीरले आफ्ना ड्राइभरलाई सलमानलाई देख्नेबित्तिकै हिँड्नुपर्ने भएकाले कार स्ट्यान्डबाई राख्न भनेका थिए । नभन्दै सलमान विवाहमा आए र रणवीर विहे नसकिदैँ समारोहबाट निस्किए । रणवीर र सलमान खानबीचको झगडा बलिउडमा धेरै चर्चामा रहन्छ । यसअघि गत नोभेम्बरमा कैट्रिना र रणवीरले अनिल कपूरको एक समारोहमा सलमानलाई देखेका थिए । तर दुबै बोलेनन् । त्यतिबेलासम्म रणवीर र कैट्रिनाको ब्रेकअप भएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण