शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बलिउड अभिनेत्री विपाशाले गरिन् इन्गेजमेन्ट

सोमबार, २४ फागुन २०७२, १८ : ३४
सोमबार, २४ फागुन २०७२

मुम्बई - बलिउडमा एकपछि अर्का नायिकाहरुको बिहेको खबर सार्वजनिक हुदैँछ । अब बिहे गर्ने तयारीमा छिन्, विपाशा बासू । उनले करणसिंह ग्रोवरसँग इन्गेजमेन्ट गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विपाशाले गोप्य रुपमा इन्गेजमेन्ट गरेकी छिन् । यसअघि बलिउड अभिनेत्री प्रिटी जिन्टा र उर्मिला मातेडकारले पनि गोप्य रुपमा विवाह गरेका थिए । विपाशाले पनि त्यसरी नै विहे गर्न चाहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शनिबार राती विपाशा र करण मुम्बईको एक स्पा सेन्टरमा मसाज गर्न गएका थिए । यहाँबाट उनीहरु निस्किनासाथ केही फोटोहरु सार्वजनिक भए । त्यसपछि इन्गेजमेन्टको खबर फैलियो ।

 सार्वजनिक भएको नयाँ फोटोमा विपाशाले औठीँ लगाएकी छिन् । यो इन्गेजमेन्टको औठी रहेको बताइएको छ ।  स्पा सेन्टरबाट निस्कदा विपाशाले आफ्नो अनुहार हातले छोप्ने प्रयास गरेकी थिइन् । तर क्यामेरामा फोटोग्राफरहरुले उनलाई कैद गरिछाडे ।  यसअघि गत महिना विपाशा र करणले मार्चमा इन्गेजमेन्ट गर्ने खबर फैलिएको थियो ।

 करण र विपाशा दुबैसँग नजिकको सम्बन्ध राख्ने एक साथिले यस्तो समाचार बाहिर ल्याएका थिए । तर विपाशाले खबर सत्य नभएको बताएकी थिइन् ।  उनले इन्गेजमेन्टमा विश्वास नलाग्ने भन्दै सिधै बिहे गर्ने बताएकी थिइन् । उनले आफ्ना फ्यानसामू बिहेको घोषणा गर्ने भन्दै आधिकारीक घोषणा कुर्न आग्रह गरेकी थिइन ।

सुटिङका दौरान प्रेममा

 २०१५, जनवरीमा रिलिज भएको ‘अलोन’ चलचित्रको सुटिङका क्रममा विपाशा र करणबीच अफेयर सुरु भएको थियो ।  त्यसपछि उनीहरु बलिउडका ठूला समारोहहरुमा सँगै देखिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप