काँग्रेस सभापतिको निर्वाचन : हिजोभन्दा २८ मत कम खस्यो
काठमाडौं - काँग्रेस महाधिवेशनमा दोश्रो चरणको मतदान सकिएको छ । राष्ट्रिय सभागृह भृकुटिमण्डपमा भएको मतदान पौने ७ बजे सकिएको हो । दोश्रो चरणको निर्वाचनमा ३१ सय २० मत खसेको छ । कुल ३१ सय ६१ महाधिवेशन प्रतिनिधी रहेकोमा ४१ जनाले भोट हालेका छैनन् । हिजो भएको पहिलो चरणको निर्वाचनमा ३१ सय ४८ जनाले मतदान गरेका थिए । हिजोभन्दा आज पनि २८ मत कम खसेको निर्वाचन कार्यालयले जनाएको छ । दिउँसो साढे २ बजेबाट शुरु भएको मतदान पौने छ बजे सकिने भनिएपनि समयमा नसकिएपछि निर्वाचन कार्यालयले एक घण्टा समय थप गरेको थियो । मतगणना भने राष्ट्रिय सभागृहमा नहुने भएको छ । राष्ट्रिय सभागृहमा भोली महिला दिवसको कार्यक्रम रहेकोले आज मतगणना गर्न नसकिने एक कर्मचारीले बताए । ‘यहीँनै मतगणना भयो भने त भोली राष्ट्रपति ज्यूको कार्यक्रममा समस्या हुनसक्छ’ ति कर्मचारीले भने ‘त्यसैले मतगणना सकिएपछि मुचुल्का उठाएर पार्टी कार्यालय सानेपामा पठाउने छ ।’ सभागृहमा मतगणना नभएपछि काँग्रेस केन्द्रिय कार्यालय सानेपामा मतगणना हुनेछ । मतगणना कतिबेला देखि शुरु गर्ने भन्ने विषयमा भने एकै छिनपछि निर्णय हुने निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण